काठमाडौं । सभासद तथा युवा नेता कर्णजित बुढाथोकी‘सुशिल’ले कम्युनिस्ट सम्मेलन सम्बन्धी प्रारम्भिक सुझाव संकलन गर्न भर्चुवल अन्तरक्रिया गर्ने जनाएका छन् । बिहिबार बुढाथोकीले कम्युनिस्ट अस्तित्व र आन्दोलनको रक्षार्थ नयाँ दिशाको आवश्यकता रहेको ठहर गर्दै आगामी चैत २४ गते साँझ ७ बजे विभिन्न सरोकारवालाहरुसँग छलफल गर्ने बताएका हुन् ।
संविधान सभा सदस्यसमेत रहेका बुढाथोकीले राजनीतिक पार्टीका नेता तथा कार्यकर्ता, बाम बुद्धिजिवी, युवा वर्ग, अग्रज कम्युनिस्ट नेतृत्वहरुलाई सो अन्तरक्रियामा भाग लिन अनुरोधसमेत गरेका छन् । उनले जेनजी आन्दोलनपछि विकसित नयाँ राजनीतिक अवस्थामा कम्युनिस्ट विचार र उपलब्धिहरुमाथि संकट आएकोले त्यसको रक्षाका लागि नयाँ पहल आवश्यक रहेको ठहगरे गरेका छन् ।
कम्युनिस्टहरुका लागि पछिल्लो जनादेश निकै नै निराशाजनक रहको बताउँदै उनले भने,“हामीहरु समयानुसार चल्न नसक्दा नेपालबाट ‘कम्युनिसट मुक्त अभियान’ जस्तै चलाइएको महसुस भएको छ, यस्तो विषम परिस्थितिमा युवाहरुले नयाँ कदम चाल्नैपर्ने देखियो ।”
कम्युनिस्ट आन्दोलन धरासाही भएको बताउँदै भने,“दुई तिहाई बढी भएको कम्युनिस्ट बाहुल्यताप्रति जनताको निराशा किन ? के जनादेश कम्युनिस्ट विरोधी बने कै हो ? अखिर किन क्रान्तिकारी कम्युनिस्टहरुप्रति ऋणात्मक बन्दैछ जनमत ? के कम्युनिस्ट आस्था, बिचार, मूल्य–मान्यता र आदर्श बचाउन चुकेकै हौं त ? देशको राजनीतिक, अर्थिक, संस्कृतिक परिवर्तनको निर्णायक भूमिका र पहलको साँचो दीर्घकालका लागि खोसिएको हो ? देशी–विदेशी शक्तिको स्वार्थ र नकारात्मक भूमिका मात्रै प्रधान हो कि, आफूभित्रका कमजोरीहरुको पनि भूमिका छ ? के कम्युनिस्टहरु पहिलेको स्थितिमा फर्किने अवस्थामा पूर्णविराम लागेको हो ?
के अझै कम्युनिस्टहरु रुपान्तरण भएर जनताको मन जित्न सक्छन् ? अवश्य पनि सक्छन्, किनभने, अहिलेको परिवर्तन प्रविधिक हो हो भने, यदि कम्युनिस्टहरुले सिंहावलोकन गरि समिक्षा नगर्दा भविष्यको लागि गम्भीर संकेत पनि हो । यसकाररण आफूलाई समयानुकुल परिवर्तन गर्नुपर्ने जरुरी छ । नेपाली भूराजनीतिक, आर्थिक, संस्कृतिक तथा मनोविज्ञान अझै पनि कम्युनिस्ट नै छ, त्यसकारण अब व्यापक छलफलसहित अघि बढ्ने अन्तिम मौका छ ।”
“त्यसैले नयाँ पहलका लागि हामीले कम्युनिस्ट सम्मेलन सम्बन्धी प्रारम्भिक सुझाव तथा सल्लाह संकलन गर्न जुम मिटिङमार्फत अन्तरक्रियाबाट थालनी गर्नेछौं र त्यसलाई निरन्तर अगाडि बढाउनेछौं” बुढाथोकीले भने ।


धनन्जय बुढा



