
काठमाडौँ । नेकपा एमाले कर्णाली प्रदेश सदस्य कर्ण बहादुर मल्ललाई बलात्कारको आरोप लगाउँदै कार्वाहीको माग गर्दै माइतीघर मण्डलामा चैत्र ८ गते देखि अनशन बसेकी जमुना खत्री लाई मल्ल प क्राउ परेपछि ललितपुर प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद भट्टराईले जुस खुवाएर अनशन तोडाएका छन् ।
प्रहरी वृत्त सातदोबाटोमा २०८२ फागुन ५ गते उक्त मुद्दा दर्ता भई अनुसन्धान भइरहेको अवस्थामा फरार रहेका मल्ललाई प्रहरीले पक्राउ गरेको हो। जिल्ला मुगु सोरु गाउँपालिका–१०, धैनकोट स्थायी घर भई हाल काठमाडौं चन्द्रागिरि नगरपालिका–७ बस्दै आएका ५२ वर्षीय मल्ललाई जिल्ला प्रहरी परिसर ललितपुर तथा प्रहरी वृत्त सातदोबाटोबाट शनिबार पक्राउ परेका हुन्।


अनलाइन डबली

