आज :

एमाले सुदूरपश्चिम संसदीय दलको कार्यालयमा युवा संघको तालाबन्दी

  • अनलाइन डबली

धनगढी । नेकपा एमाले सुदूरपश्चिम संसदीय दलका नेता राजेन्द्रसिंह रावलको कार्यकक्षमा युवा संघ नेपालले तालाबन्दी गरेको छ । सुदूरपश्चिम प्रदेश सरकारले अस्पताल व्यवस्थापन समितिमा गरेको नियुक्तिमा रावलले पार्टीमा परामर्श नगरेको भन्दै युवा संघले तालावन्दि गरेको हो ।

युवा संघले संसदिय दलका नेता रावललाई छिटो सम्पर्कमा आउन पनि आग्रह गरेको छ । आइतबार दिउँसो राष्ट्रिय युवा संघ कञ्चनपुर कृष्णपुर नगर कमिटीले तालाबन्दी गरेको हो । पार्टीको सुदूरपश्चिम प्रदेश कमिटीले राजनीतिक नियुक्ति गर्ने विषय संसदीय दल र प्रदेश सरकारले परामर्श नगरेको भन्दै पार्टी केन्द्रलाई समेत जानकारी गराइसकेको स्रोत बताउँछ ।

एमालेका प्रदेश कमिटी अध्यक्ष कृष्णप्रसाद जैशीले पनि यो विषयमा पार्टी केन्द्रलाई जानकारी गराएको बताए ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal