आज :

मिथिलाञ्चलमा आजदेखि चैती छठ सुरु

  • अनलाइन डबली

सर्लाही । मिथिलाञ्चलमा श्रद्धा र आस्थाको महान् पर्व चैती छठ आजदेखि विधिवत् सुरु भएको छ । तराईका विभिन्न जिल्लामा यस पर्वलाई चार दिनसम्म विशेष धार्मिक विधिअनुसार मनाइने गरिन्छ ।

महोत्तरी, धनुषा, सिराहा, सप्तरी, सुनसरी, मोरङ, सर्लाही, रौतहट, बारा र पर्सालगायतका जिल्लामा व्रतीहरूले आज ‘नहा खा’ विधिबाट पर्वको सुरुआत गरेका छन् । यस दिन स्नान गरी शुद्ध भोजन ग्रहण गर्ने परम्परा रहिआएको छ ।

पर्वका अवसरमा गाउँ–सहरका पोखरी, तलाउ तथा नदी किनारमा चहलपहल बढेको छ । सत्य, अहिंसा र प्रकृतिप्रतिको श्रद्धा झल्काउने यस पर्वमा अस्ताउँदो र उदाउँदो सूर्यको पूजा गरिने विशेष परम्परा छ । परिवारको सुख, शान्ति, समृद्धि र स्वास्थ्यको कामनासहित व्रतीहरू कठोर उपवास बस्ने गर्दछन् ।

दोस्रो दिन ‘खर्ना’, तेस्रो दिन सन्ध्याकालीन अर्घ र अन्तिम दिन उदाउँदो सूर्यलाई अर्घ अर्पण गरी चैती छठ पर्व सम्पन्न गरिन्छ ।
यस क्रममा ठकुवा, खजुरिया, पेरुकियाजस्ता परिकार तथा विभिन्न फलफूल अर्पण गर्ने चलन छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal