आज :

आफूहरुलाई प्रभावकारी र परिणाममुखी बनाउन हामी तयार छौं : सांसद विश्वकर्मा

  • अनलाइन डबली

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद रिमा विश्वकर्माले अघिल्ला राजनीतिक दलहरूले समानुपातिक प्रणालीको अभ्यास गर्दा समग्र राजनीतिलाई नै वितृष्णा र पेसामुखी बनाएको टिप्पणी गरेकी छन् ।
बिहीबार निर्वाचन आयोगले प्रदान गरेको समानुपातिक सांसदहरुलाई प्रमाणपत्र ग्रहणपछि सञ्चारकर्मीहरुसँगको कुराकानीमा उनले अहिलेको आवश्यकता राजनीतिक अभ्यासलाई सुसंस्कृत बनाउने भएको उल्लेख गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वापा) यस दिशामा अघि बढिरहेको बताइन् ।
उनका अनुसार रास्वापाबाट प्रतिनिधित्व गर्ने जनप्रतिनिधिहरूलाई हेर्दा समाजको वास्तविक प्रतिबिम्ब देख्न सकिन्छ ।
उनले भनिन्,‘यो भन्दा अगाडिका दलहरुले समानुपातिकको विषयमा गर्नुभएको अभ्यासले समग्र राजनीतिलाई नै एउटा वितृष्णा र पेसाको विषय बनाउनु भएको छ । हामी चाँही आजसम्म राजनीतिक अभ्यास जे जति भए, त्यसलाई सुसंस्कृत बनाउनुपर्छ भनेर अगाडि सरेका छौं । रास्वापबाट प्रतिनिधित्व गरेर आएका प्रतिनिधि हेर्दा समाजको छनक देख्न सकिनेछ ।’
सांसद विश्वकर्माले जेनजीलाई छुट्टै रूपमा चित्रण गर्न आवश्यक नरहेको उल्लेख गर्दै उनीहरू समाजकै अभिन्न हिस्सा भएको बताइन् । लामो समयदेखि समाजले सहँदै आएको बेथिति र कुरीतिविरुद्ध आवाज उठाउन जेनजीले महत्वपूर्ण भूमिका खेलेको उनको भनाइ छ ।
‘जेनजीलाई छुट्टै किसिमले प्रस्तुत गर्न जरुरी छैन् । उहाँहरु हाम्रै हिस्सा यो । उहाँहरुले हामीले लामो समयसम्म सहेर बसेको बेतिथिको बारेमा प्रतिनिधित्व गरेर हाम्रा लागि आवाज उठाइदिनुभएको हो । उहाँहरु समाजकै हिस्सा हो,’उनले भनिन् ।
उनले आफूहरुलाई प्रभावकारी र परिणाममुखी बनाउनको लागि रास्वापका सांसद तयारी गरिरहेको छौं ।
यस्तै , नेपाली कम्युनिष्ट पार्टीको समानुपाति सांसद प्रेम बहादुर बयकले जनताको पक्षमा हुने रास्वपाको हरेक निर्णयमा नेकपाको समर्थन र सहकार्य हुने धारणा राखे ।
‘हामी राष्ट्र र राष्ट्रियता बचाउन, जनताको जीवनस्तर सुधार गर्न, विधिको शासन स्थापित गर्न र भ्रष्टाचारको विरुद्धमा उभिन हाम्रो हिजोपनि अभियान थियो, त्यो आज पनि रहन्छ । जनताको पक्षमा हुने रास्वपाको हरेक निर्णयमा पार्टीको समर्थन रहन्छ । त्यसको लागि सहकार्य नै गछौं,’उनले भने ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal