आज :

शुक्रबार काठमाडौंमा बहुगन्तव्य शैक्षिक मेला हुने

  • अनलाइन डबली

काठमाडौं । उच्च शिक्षाका लागि विदेश जान चाहने विद्यार्थीलाई लक्षित गर्दै काठमाडौंमा ‘बहुगन्तव्य शैक्षिक मेला’ हुने भएको छ ।
गोरेटो एजुकेसन कन्सल्टेन्सीको आयोजनामा भोली शुक्रबार बागबजारस्थित सल्यान हाउसमा मेला आयोजना गर्न लागेको हो । गोरेटोका मुख्य कार्यकारी अधिकृत (सीईओ) धिरज कँडेलका अनुसार मेला बिहान १० बजेदेखि साँझ ५ बजेसम्म सञ्चालन हुनेछ ।
मेलामा विशेषगरी अस्ट्रेलिया, क्यानडा, बेलायत र अमेरिकाका शैक्षिक अवसरबारे विस्तृत जानकारी दिइने आयोजकले जनाएको छ । मेलामा १५ भन्दा बढी अन्तर्राष्ट्रिय कलेज तथा विश्वविद्यालयका प्रतिनिधिको प्रत्यक्ष सहभागिता रहनेछ ।
विद्यार्थीले ती प्रतिनिधिसँग आफ्नो अध्ययन योजना, रुचिअनुसारका पाठ्यक्रम, छात्रवृत्ति सुविधा, भर्ना प्रक्रिया र भिसा मार्गनिर्देशनका विषयमा प्रत्यक्ष परामर्श लिनेछन्।
एउटै थलोमा विभिन्न देशका शैक्षिक विकल्पबारे बुझ्न र तुलना गर्न सकिने भएकाले यो मेला विद्यार्थीका लागि निकै फलदायी हुनेछ, बजार व्यवस्थापक प्रकाश रेग्मीले भने । विदेशमा उच्च शिक्षा अध्ययनको तयारीमा रहेका विद्यार्थी र अभिभावकलाई मध्यनजर गर्दै यो मेला गरिएको हो ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal