आज :

भूमिका श्रेष्ठलाई ब्लू डाइमण्ड सोसाइटीद्वारा सम्मान, सडकका मुद्दा सदनमा पुग्ने विश्वास

  • अनलाइन डबली

काठमाडौं । ब्लू डाइमण्ड सोसाइटीले यौनिक तथा लैङ्गिक अल्पसंख्यक समूदायका तर्फबाट प्रतिनिधित्व गर्दै प्रतिनिधि सभा सदस्यका रुपमा मनोनित भएकी भूमिका श्रेष्ठलाई सम्मान तथा विदाइ गरेको छ ।
सोमबार सोसाइटीको कार्यालयमा आयोजित एक कार्यक्रमकाबीच राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट समानुपातिक प्रणालीमार्फत प्रतिनिधिसभामा मनोनित श्रेष्ठलाई सम्मान तथा विदाइ गरिएको हो ।
कार्यक्रममा सांसद श्रेष्ठले आदिवासी जनजाति, मुस्लिम, मधेसी,अपाङ्गता भएका व्यक्ति तथा यौनिक तथा लैङ्गिक अल्पसंख्यक समूदायका हरेक आवाजहरुलाई सदनसम्म पुर्याउने प्रतिबद्धता व्यक्त गरिन् ।
उनले भनिन्,‘आदिवासी जनजाति, मुस्लिम, मधेसी, अपाङ्गता भएका व्यक्ति तथा यौनिक तथा लैङ्गिक अल्पसंख्यक समूदायका हरेक आवाजहरुलाई सदनसम्म पुर्याउने प्रतिबद्धता व्यक्त गर्न चाहान्छु । भविश्यमा मैंले गर्नुपर्ने कामको लागि यहाँहरु सबैको साथ सपोर्ट रहन्छ भन्ने विश्वास लिएको छु।’
त्यस्तै उनले सञ्चारमाध्यमले मुद्दा उठाइदिएको कारणले समुदायको प्रतिनिधित्व संसदसम्म पुग्न सफल भएको भन्दै विशेष धन्यावाद व्यक्त गरिन् ।
सोसाइटीकी पूर्वअध्यक्ष पिंकी गुरुङले २४–२५ वर्षपछि लैङ्गिक अल्पसंख्यक समूदायको प्रतिनिधित्व सदनमा हुन लागेको यो अवसरले संघर्ष गरेपनि सफलता प्राप्त गर्न सकिँदैन् भन्ने अवस्था अन्त्य भएको धारणा राखिन् ।
‘२४–२५ वर्षपछि बल्ल हामीले यो अवसर पाएको छौं । हामीले संघर्ष गरेपछि सफलता प्राप्त गर्न सकिदैन भन्न सक्ने अवस्था चाँही रहेन’ उनले भनिन् ।
सडकका मुद्दाहरुलाई संगालेर र ती मुद्दाहरुलाई मनन गरेर सदनसम्म पुर्याउन भूमिकाले महत्वपूर्ण भूमिका निर्वाह गर्ने उनको विश्वास छ । साथै उनले
सडकका मुद्दाहरुलाई संगालेर ती मुद्दाहरुलाई मनन गर्दै सदनसम्म पुर्याउने छन् । हाम्रो समुदायका अधिकारका पानाहरु लेखिने छन् । त्यो दिनको अपेक्षा गरेको छौं भन्ने धारणा राखिन । सो अवसरमा सोसाइटीकी कार्यकारी निर्देशक मनिषा ढकालले श्रेष्ठलाई कलम उपहार प्रदान गर्दै विभेदकारी कानुनहरु खारेज गर्न सुझाव दिइन् ।
भूमिका श्रेष्ठ ब्लु डाइमण्ड सोसाइटीबाट ट्रान्सजेन्डर महिलाको रुपमा संसदमा पहिलोपटक प्रतिनिधित्व गर्दैछिन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal