आज :

नेपालमा वायु प्रदूषण घटाउन विश्व बैंकको ७ अर्ब ६४ करोड ऋण स्वीकृत

  • अनलाइन डबली

काठमाडौं । नेपालमा बढ्दो वायु प्रदूषण नियन्त्रण गर्न तथा वायु गुणस्तर सुधार गर्न विश्व बैंक ले करिब ७ अर्ब ६४ करोड रुपैयाँ बराबरको ऋण उपलब्ध गराउने भएको छ । विश्व बैंकका कार्यकारी निर्देशकहरूको बैठकले नेपाललाई ५ करोड २० लाख अमेरिकी डलर ऋण दिने प्रस्ताव स्वीकृत गरेको हो । उक्त रकमबाट नेपालमा वायु प्रदूषण नियन्त्रणका विभिन्न कार्यक्रम सञ्चालन गरिने जनाइएको छ ।

विश्व बैंकले बुधबार जारी गरेको प्रेस विज्ञप्तिअनुसार सो ऋण सहयोगबाट ‘नेपाल क्लिन एयर एण्ड प्रस्पेरिटी प्रोजेक्ट’ सञ्चालन गरिनेछ । परियोजना विशेषगरी उच्च वायु प्रदूषणको जोखिम रहेका काठमाडौं उपत्यका र तराईका केही क्षेत्रमा केन्द्रित रहने बताइएको छ ।परियोजनाअन्तर्गत करिब ४०० औद्योगिक तथा व्यावसायिक उद्यमलाई धुँवारहित बनाउने लक्ष्य राखिएको छ । उद्योगहरूमा स्वच्छ प्रविधि प्रयोग, प्रदूषण नियन्त्रण उपकरण जडान तथा वातावरणमैत्री उत्पादन प्रणाली लागू गर्न सहयोग गरिने जनाइएको छ । परियोजना उद्योग विभाग र वातावरण विभाग मार्फत कार्यान्वयन गरिनेछ ।

विश्व स्वास्थ्य संगठनका अनुसार काठमाडौं उपत्यका दक्षिण एसियाकै प्रदूषित सहरमध्ये एक मानिन्छ । विशेषगरी सवारी साधनको धुँवा, उद्योगबाट निस्कने धुँवा, सडक धुलो र खुला रुपमा फोहोर जलाउने प्रवृत्तिले वायु प्रदूषण बढ्दै गएको विज्ञहरू बताउँछन् । सरकारले पछिल्लो समय स्वच्छ ऊर्जा प्रयोग बढाउने, सार्वजनिक यातायातलाई विद्युतीय बनाउने तथा उद्योगहरूमा वातावरणीय मापदण्ड कडाइका साथ लागू गर्ने नीति अघि बढाएको छ । विज्ञहरूका अनुसार विश्व बैंकको यो सहयोगले प्रदूषण नियन्त्रण, जनस्वास्थ्य सुधार र दिगो आर्थिक विकासमा सकारात्मक योगदान पुग्ने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal