आज :

निर्वाचनमा असहयोग गरेको भन्दै ११ जनामाथि कारबाहीको सिफारिस

  • अनलाइन डबली

काठमाडौं । सिरहा-१ नेपाली कांग्रेस क्षेत्रीय कार्यसमितिले फागुन २१ गते भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा पार्टी उम्मेदवारलाई असहयोग गरेको ११ जनामाथि कारबाहीका लागि सिफारिस गरेको छ ।

सोमबार एक विज्ञप्ती जारी गर्दै पूर्वमन्त्री पदम नारायण चौधरीसहित ११ जनामाथि कारबाहीका लागि सिफारिस क्षेत्रीय सभापति महेश प्रसाद चौधरीले जानकारी दिए । उनले उनीहरूलाई पाँच वर्षसम्म साधारण सदस्यसमेत नरहने गरी कारबाही गर्न केन्द्रीय अनुशासन समितिमा सिफारिस गरेको बताए ।

महाधिवेशन प्रतिनिधि सन्तोष चौधरी, नेपाल थारू संघका जिल्ला अध्यक्ष अजय चौधरी, क्षेत्रीय सहसचिव मुकेश महतो र क्षेत्रीय सदस्य कन्हैयाप्रसाद गुप्तामाथि कारबाहीका लागि सिफारिस गरिएको छ ।

यस्तै, नेपाल लोकतान्त्रिक खेलकुद संघका अध्यक्ष आनन्द चौधरी, जिल्ला सदस्य रामगणेश दास, महाधिवेशन प्रतिनिधि गौरी चौधरी, लहान–१० का बुथ सभापति अम्बराज मिश्र, लहान–२० का बुथ सभापति विनोद साह तथा क्षेत्रीय सदस्य गोपालकृष्ण यादवलाई कारबाहीको सिफारिस गरिएको हो ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal