
काठमाडौँ। लगानीकर्ता आकर्षित हुँदा सुन आयात बढेको छ । भन्सार विभागको तथ्याङ्क अनुसार चालु आर्थिक वर्ष २०८२/८३ को सात महिनामा २१ अर्ब २० करोड ७९ लाख रुपियाँ बरारको एक हजार ११४ केजी सुन आयात भएको छ । गत वर्ष साही अवधिमा १० अर्ब ४५ करोड ४९ लाख रुपियाँ बराबरको ८८७ केजी सुन आयात भएको थियो ।
एकै वर्षको अन्तरमा सुनको परिणाम र मूल्यको हिसाबले आयात बढेको विभागको तथ्याङ्कले देखाउँछ ।
नेपाल राष्ट्र बैङ्कले ढिका सुन खरिद गर्न नपाइने व्यवस्था गरे पनि लुकिछिपी बिक्री बढेकाले यसलाई नियमन गर्न आवश्यक रहेको ब्यबसायीहरुको भनाइ छ । २०८१ फागुन पहिलो साता प्रतितोला एक लाख ७० हजार रुपियाँ रहेको सुनको मूल्य अहिले बढेर तीन लाख चार हजार सात सय रुपियाँ पुगेको छ । एक वर्षको अवधिमा सुनको मूल्य तोलामा एक लाख ३४ हजार सात सय रुपियाँले बढेको छ । बैंकको ब्याजदर कम सुनको मूल्य निरन्तर बढ्दा सुनमा व्यावसायिक रूपमा लगानी बढ्न थालेको हो ।


अनलाइन डबली



