आज :

पाकिस्तान भारतसँग ६१ रनले पराजित

  • अनलाइन डबली

काठमाडौं । आईसीसी टी–२० विश्वकपमा पाकिस्तान भारतसँग ६१ रनले पराजित भएको छ । भारतविरुद्ध जवाफी ब्याटिङ गरेको पाकिस्तानले १७.५ ओभरमै सबै विकेट गुमाएपछि ६१ रनकोे हार व्यहोरेको हो ।
आइतबार श्रीलंकाको कोलम्बोस्थित आर प्रेमादासा क्रिकेट रंगशालामा भारतले दिएको १७६ रनको लक्ष्य पछ्याएको पाकिस्तानले १७.५ ओभर सकिँदा सबै विकेट गुमाएर ११४ रनमात्रै बनायो ।

पाकिस्तानलाई सस्तैमा रोक्न भारतका जसप्रीत बुमराह, वरुन चक्रवर्ति र अक्षर पटेलले समान दुई विकेट लिए । हार्दिक पण्ड्या, कुल्दीप यादव र तिलक वर्माले समान एक विकेट लिए । पाकिस्तानका निम्ति पाँचौ नम्बरमा ब्याटिङ गर्न आएका उसमान खानले सर्वाधिक ४४ रन बनाए । ३४ बल खेलेका खानले ६ चौका र एक छक्का प्रहार गरे ।

अविजीत रहेका शाहिन साह अफ्रिदीले २३ रन बनाए । सदाव खानले १४ र फहिम असरफले १० रन जोडे । शीर्षक्रम धरमराउँदा ओपनर सैम अयुव ६ रनमा आउट भए । बाबर आजम पाँच रन बनाएर पभेलियन फर्किए । कप्तान सलमान अली आघा र मोहम्मद नवाजले समान चार रन मात्र जोडे ।

अर्का ओपनर साहिबजादा फरहान शून्यमा आउट भए । त्यसअघि पहिलो इनिङमा टस हारेर ब्याटिङमा आएको भारतले निर्धारित २० ओभरमा सात विकेट गुमाएर १७५ रनको योगफल खडा गरेको थियो । भारतका ओपनर इशान किशनले सर्वाधिक ७७ रन बनाए । इशानले ४० बलमा १० चौका र तीन छक्का प्रहार गरे ।

कप्तान सुर्यकुमार यादवले ३२ रन जोडे । २९ बल खेलेका कप्तान यादवले तीन चौका प्रहार गरे । शिभम दुवेले २७ रन बनाए । तिलका वर्माले २५ रन जोडे भने रिंकु सिंहले ११ रन बनाए । ओपनर अभिषेक शर्मा शून्यमा आउट हुँदा पाँचौ नम्बरमा ब्याटिङमा आएका अलराउण्डर हार्दिक पण्ड्या ‘गोल्डेन डक’ आउट भए ।

पाकिस्तानका सैम आयुवले तीन विकेट लिए । आयुवले चार ओभर बलिङ गर्दा २५ रन खर्चिए । पहिलो हार व्यहोरेको पाकिस्तानको भने हारसँगै सुपर–८ सम्भावना कठिन बनेको छ । अब पाकिस्तानको सुपर–८ यात्रा अन्तिम खेलबाट निर्धारण हुनेछ । पाकिस्तानले अन्तिम खेलमा नामिबियाको सामना गर्ने तालिका छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal