आज :

प्रतिनिधिसभा निर्वाचनका लागि ७२ लाखभन्दा बढी मतपत्र छपाइ

  • अनलाइन डबली

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ का लागि मतपत्र छपाइ तीव्र रूपमा अगाडि बढेको छ । निर्वाचन आयोगका अनुसार प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ अन्तर्गत पहिलो हुने निर्वाचित हुने तथा समानुपातिक निर्वाचन प्रणालीका लागि आवश्यक मतपत्र छपाइको काम जनक शिक्षा सामग्री केन्द्र, सानोठिमीमा भइरहेको छ ।

आयोगका अनुसार मिति २०८२ पुष २२ गतेदेखि सुरु गरिएको नमुना मतपत्र छपाइ अन्तर्गत १० लाख ९८ हजार २०० थान नमुना मतपत्र छपाइ सम्पन्न भई विभिन्न जिल्लामा पठाइसकिएको छ । यसैगरी, समानुपातिक निर्वाचन प्रणालीअन्तर्गतका मतपत्र छपाइ मिति २०८२ पुष २६ गतेबाट सुरु भई माघ १३ गतेसम्म आवश्यक पर्ने जम्मा २ करोड ८ लाख ३० हजार मतपत्र छपाइ सम्पन्न गरिएको छ । छपाइ गरिएका मतपत्रहरू प्याकिङ्ग तथा रुजु गरी ढुवानीका लागि तयारी अवस्थामा राखिएको आयोगले जनाएको छ ।

पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीअन्तर्गत आवश्यक पर्ने कुल २ करोड ३ लाख २३ हजार मतपत्रमध्ये माघ १६ गतेदेखि छपाइ सुरु गरिएकोमा माघ २२ गते बिहान ८ बजेसम्म विभिन्न निर्वाचन क्षेत्रका ७२ लाख ६० हजार मतपत्र छपाइ भइसकेको छ । ती मतपत्रहरू ५ हजार ८ सय २५ बाकसमा प्याकिङ्ग गरिएको छ ।

आयोगका अनुसार डोल्पा, मुगु, जुम्ला, कालिकोट, हुम्ला, जाजरकोट, दैलेख, रुकुम (पश्चिम भाग), सल्यान, सुर्खेत, बाजुरा, अछाम, बझाङ, डोटी, डडेल्धुरा, दार्चुला, बैतडी, कैलाली, कञ्चनपुर, पाँचथर, इलाम, तेह्रथुम, भोजपुर, ओखलढुङ्गा र सुनसरी गरी जम्मा २५ जिल्लाको मतपत्र छपाइ तथा प्याकिङ्ग कार्य सम्पन्न भइसकेको छ । माघ २२ गते आज बिहान ८ बजेसम्म ६० निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न भइसकेको आयोगले जानकारी दिएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal