आज :

बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनालाई जग्गा प्रकरणमा १० वर्षको कैद सजाय

  • अनलाइन डबली

काठमाडौं । बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनालाई जग्गा प्रकरणमा दोषी ठहर गर्दै त्यहाँको अदालतले १० वर्षको कैद सजाय सुनाएको छ । राजधानी ढाकास्थित पुर्बाचल न्यू टाउन सरकारी परियोजनाअन्तर्गत २० कठ्ठा जग्गा अनियमित रूपमा बाँडफाँट गरेको आरोपमा पूर्वप्रधानमन्त्री शेख हसिनालाई अदालतले कुल १० वर्षको जेल सजाय सुनाएको हो ।

ढाका विशेष न्यायाधीश अदालत–४ का न्यायाधीश रोबिउल आलमले सोमबार दुई फरक–फरक मुद्दामा प्रत्येकमा पाँच–पाँच वर्षको सजाय सुनाउँदै कुल १० वर्षको कैद तोकेका हुन् । उही मुद्दामा शेख हसिनाकी बहिनी शेख रेहानाकी छोरी तथा बेलायती सांसद टुलिप रिजवाना सिद्दिकलाई प्रत्येक मुद्दामा दुई–दुई वर्ष गरी कुल चार वर्षको जेल सजाय सुनाइएको छ । त्यस्तै, अजमिना सिद्दिकलाई एक मुद्दामा सात वर्षको कैद सजाय दिइएको छ भने शेख हसिनाका छोरा रदवान मुजिब सिद्दिक (बोबी) लाई पनि सात वर्षको जेल सजाय सुनाइएको छ ।

टुलिप सिद्दिक शेख हसिनाकी भतिजी तथा पूर्व बेलायती मन्त्रीसमेत हुन् । अदालतले यस मुद्दामा ३१ जना साक्षीको बयान लिएको थियो । भ्रष्टाचार निवारण आयोग (एसीसी) का सहायक निर्देशक अफनान जन्नत कियाले अन्तिम अभियोजन साक्षीका रूपमा बयान दिएका थिए ।
भ्रष्टाचार निवारण आयोगले जनवरी १३, २०२५ मा १६ जनाविरुद्ध मुद्दा दायर गरेको थियो भने अनुसन्धानपछि मार्च १०, २०२५ मा १८ जनाविरुद्ध अभियोगपत्र दायर गरिएको थियो । अदालतले जुलाई ३१, २०२५ मा अभियोग निर्धारण गर्दै सुनुवाइ सुरु गरेको थियो ।

यसैबीच, पुर्बाचल परियोजनाअन्तर्गत १० कठ्ठा जग्गा प्राप्त गर्न अधिकार दुरुपयोग र अनियमितता गरेको आरोपमा दायर गरिएको अर्को मुद्दामा पनि यही अदालतले शेख हसिना, उनका भतिजा रदवान मुजिब सिद्दिक तथा उनकी बहिनी टुलिप सिद्दिकसहित १८ जनाविरुद्ध फागुन २ गते फैसला सुनाएको हो ।

बंगलादेशमा सन् २०२४ जुलाईमा विद्यार्थी नेतृत्वमा भएको आन्दोलनपछि अगस्ट ५ मा शेख हसिनाले भारतमा शरण लिएकी थिइन् । त्यसपछि नोबेल पुरस्कार विजेता मोहम्मद युनुसको नेतृत्वमा अन्तरिम सरकार गठन भई शेख हसिना, उनका मन्त्रिपरिषद् सदस्य तथा अवामी लिगका नेताकार्यकर्ताविरुद्ध कानुनी प्रक्रिया अघि बढाइएको छ । एएनआई

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal