आज :

काँग्रेस उम्मेदवार सुनिल शर्माले मतदातालाई पैसा बाँडे ? आयोगमा उजुरी

  • अनलाइन डबली

विराटनगर । नेपाली काँग्रेसबाट मोरङ-३ मा प्रतिनिधिसभा सदस्य उम्मेदवार बनेका सुनिलकुमार शर्माविरुद्ध निर्वाचन आयोगमा उजुरी परेको छ ।

शर्माले चुनावी प्रचारका क्रममा मतदाता प्रभावित पार्ने उद्देश्यले पैसा बाँडेको आरोप लगाउँदै उजुरी दर्ता गरिएको हो ।

मोरङ-३ बाट राष्ट्रिय ऊर्जाशील पार्टीका उम्मेदवार भुवनकुमार वाग्लेले शर्माले ‘यमबुद्ध फाउन्डेसन’लाई १० लाख दिएको आरोप लगाउँदै निर्वाचन आयोगमा उजुरी दिएका हुन् ।उजुरीमा उक्त रकम निर्वाचन आचारसंहिताविपरीत भएको दाबी गर्दै आवश्यक कारबाहीको माग गरिएको छ ।

आयोगले उजुरीमाथि छानबिन भइरहेको र रकम दिएको प्रमाण फेला परेमा कानुनी प्रक्रिया अगाडी बढाउने बताएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal