आज :

चुनावी कार्यक्रममा सहभागी हुने क्रममा काँग्रेस अध्यक्ष सवार बिमान दुर्घटना, हेर्दाहेर्दै विमान जलेर खरानी

  • अनलाइन डबली

काठमाडौं । भारतमा शिर्ष नेता सवार बिमान दुर्घटना भएको छ । महाराष्ट्रस्थित बारामती विमानस्थलमा बुधबार बिहान एक निजी चार्टर्ड विमान दुर्घटनाग्रस्त हुँदा महाराष्ट्रका उपमुख्यमन्त्री अजित पवारको मृत्यु भएको छ ।

महाराष्ट्रका उपमुख्यमन्त्री पवार राष्ट्रवादी कांग्रेस पार्टी (एनसीपी) का अध्यक्ष समेत हुन् ।

सरकारी अधिकारीलाई उदृद्ध गर्दै भारतीय संचारमाध्यमहरुका अनुसार दुर्घटनामा परी उपमुख्यमन्त्री पवारसँगै अन्य सवार चार जना कोही पनि जीवित फेला पर्ने आश नरहेको बताएका छन् । भारतीय सिभिल एभिएसनका महानिर्देशकले अजित पवार र अन्य चार जना सवार उक्त विमान दुर्घटनामा कोही पनि जीवित फेला पर्ने आशा नभएको बताएका छन् ।

सुरक्षा अधिकारीका अनुसार उपमुख्यमन्त्री पवार जिल्ला परिषद् निर्वाचनको सिलसिलामा बारामती जाँदै थिए । उक्त विमान क्र्यास ल्यान्डिङ हुने क्रममा दुर्घटनामा परेको प्रारम्भिक अनुमान गरिएको छ।

विमानस्थल नजिकै भुइँमा पछारिएपछि विमानमा भीषण आगलागी भएको थियो। सार्वजनिक भएका दृश्यहरूमा विमानका टुक्रा(टुक्रा छरिएको र बाक्लो धुवाँको मुस्लो उडिरहेको देखिएको छ।

विमानमा उपमुख्यमन्त्री पवारसँगै उनका निजी सहायक, सुरक्षाकर्मी र चालक दलका सदस्यहरू सवार थिए। दुर्घटनामा विमानमा रहेका सबैजना घाइते भएको स्थानीय प्रशासनले जनाएको छ। उनीहरूलाई तत्काल उद्धार गरी अस्पताल लगिएको छ।

विमानमा प्राविधिक खराबी आएका कारण दुर्घटना भएको हो वा अवतरणका क्रममा रनवेको अवस्थाले समस्या निम्त्याएको हो भन्नेबारे अनुसन्धान सुरु गरिएको भारतीय संचारमाध्यमहरुले जनाएका छन् ।

प्रत्यक्षदर्शीका अनुसार दुर्घटना भएको विमान हेर्दाहेर्दै खरानीमा परिणत भएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal