आज :

‘रवि–बालेनबाट देशलाई खतरा छ, काँग्रेस–एमाले दोहोरिए जनता थप लुटिन्छन्’

  • अनलाइन डबली

काठमाडौं । रवि–बालेनबाट देश खतरामा पर्ने र काँग्रेस–एमाले दोहोरिए जनता थप लुटिने वक्ताहरुले जिकिर गरेका छन् । आइतबार राजधानीको संवाद डबलीमा चुनाव सन्दर्भ कार्यक्रममा बोल्ने उम्मेदवारहरुले मोबाईल चिन्हमा भोट हाल्न अपिल समेत गरेका छन् ।

आम जनता पार्टीका सहअध्यक्ष तिलक थापामगरले एमाले–काँग्रेस पुरानै दोहोरिए भ्रष्टाचार मौलाउने र रबि–बालेन आए देशको राष्ट्रिय स्वाधिनता धरापमा पार्ने दाबी गरेका छन् । संविधान सभा सदस्य समेत रहेका थापमगरले काठमाडौं क्षेत्र नम्बर २ बाट उम्मेदवारी दिएकोले आफ्नो मोबाइल चिन्हमा भोट हाल्न अपिल गरेका छन् । थापामगरले जेनजी विद्रोहको भावना विपरित सहकारी ठगि प्रकरणमा मुछिएका रवि लामिछानेलाई छुटाउने कार्यले कानूनी राज्यको धज्जी उडाएको कार्की सरकार पूर्ण असफल भइसकेको पनि बताए ।

धादिङ क्षेत्र नम्बर २ बाट उम्मेदवार उठेका डा.नन्द प्रसाद काप्रीले प्रधानमन्त्री सुशिला कार्की पूर्णरुपले असफल भएको दाबी गरेका छन् ।
अन्तराष्ट्रिय शक्तिहरुले नेपालमा कम्फर्टेबल सरकार खोजिरहेका र युक्रेन बनाउने खतरा रहेकोप्रति चिन्ता व्यक्त गरे । “जेलेन्स्की अमेरिकाको मतियार बन्दा रुसले युक्रनमाथि आक्रमण गरेर खतम गरेको छ, त्यही अवस्था तिर नेपाल गएको छ, जनता सचेत रहनुपर्छ” काप्रीले भने ।

चुनाव लोकतन्त्रको सुनदरता भएकोले आफूहरु पनि मोबाईल चिन्ह लिएर निर्वाचनमा होमिएको र जनताले विदेशीहरुको योजनालाई विफल पार्न देशभक्तहरुलाई भोट हाल्न अपिल गरे ।

उनले फागुन २१ गते चुनाव भइहाले भने पनि पुन भागभण्डाको राजनीति नसकिने बताउँदै पुन आन्दोलनमा होमिनुपर्ने बाध्यता हरने जिकिर गरे । नक्कली जेन्जीहरु सत्ता केन्द्रीत र चुनाव केन्द्रीत भएको तथा सक्कली जेनजीहरु माइतिघरमण्डलामा आन्दोलन गर्नुपर्ने अवस्था आएको बताए ।

काठमाडौं क्षेत्र नम्बर ६ की उम्मेदवर सफलता बोगटीले देशले परिवर्तन चाहेकोले पुरना पार्टीहरुका उम्मेदवारबाट केही नहुने बताउँदै आफूलाई मत हाल्न अपिल गरिन् । मोबाईल चिन्हमा भोट हालेर आफूलाई जिताए शिक्षा, स्वास्थ्य तथा रोजगारलगायतमा सहजता ल्याउने प्रतिबद्धता जनाईन् । त्यसैगरी ६ नम्बर क्षेत्र टोखा, झोर, महाङकाललगायत क्षत्रेका पूर्वाधार विकास, संस्कृतिक, धार्मीक तथा पर्यटकिय क्षेत्रको प्रवद्धर्न गर्ने पनि बताईन् ।

आम सुकुम्बासी तथा अव्यवस्थित बसोबास संघका अध्यक्ष कालबहादुर विकले बालेन मेयर भइसकेपछि आमसुकुम्बासीहरु घरबार विहिन बनाएकोले उनलाई प्रधानमन्त्री बन्नबाट रोक्नु पर्ने धारणा राखे । ६० लाख दलितको हकहितको निम्ति लड्दै आएको आम जनता पार्टीलाई अत्याधिक मत दिन विकले अपिल गरे ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal