आज :

सुक्खाग्रस्त रामेछाप : खानेपानीकै चिन्तामा स्थानीय

  • अनलाइन डबली

रामेछाप । सुक्खाग्रस्त जिल्लाको रूपमा परिचित रामेछापका स्थानीयको मुख्य पिरलो अहिले पनि खानेपानी कै छ ।

खानेपानीको अभावका कारण कतिपय गाउँहरू खालि भएका जिल्लामा अझै खानेपानीको पर्याप्त व्यवस्थापन हुन सकेको छैन । जसले गर्दा गाउँमा बस्ने मानिसहरूको अहिले पनि प्रमुख माग खानेपानी नै हुने गरेको छ ।

वातावरणीय प्रभावका कारण गाउँका अधिकांश साना खानेपानीको मूलहरू सुकेका छन् । अहिले गाउँमा खानेपानीको एक मात्र विकल्प खोला र नदीको पानी लिफ्ट गर्ने वा टाढाका खोलाका मुहानबाट पानी ल्याउने भएको छ । सामान्य खर्चले नधान्ने यस्ता योजना सञ्चालनको लागि स्थानीयले निक्कै संघर्ष गर्नुपरेको छ ।

रामेछाप नगरपालिका–३ साँघुटार थाक्लेका स्थानीयको हिजोआज छलफलको मुख्य एजेण्डा नै खानेपानी बनेको छ । गाउँमा खानेपानी वितरण गर्ने पुरानो ट्याङ्कीबाट पानी चुहिने भए पछि नयाँ ट्याङ्की कसरी बनाएर सञ्चालन गर्ने भन्ने चिन्ता उनीहरूलाई छ ।

२० हजार लिटरको ट्याङ्की कमजोर हुँदा करिब २ सय ५० उपभोक्ता सङ्कटमा परेका स्थानीय धनबहादुर खड्का बताउँछन् । ३० देखि ५० हजार लिटरको आरसिसी ट्याङ्की बनाउन पाए उपभोक्तालाई निक्कै सहज हुने उनले बताए ।

थाक्ले खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका अध्यक्ष रामप्रसाद ढकाल २०५२ सालदेखि सो खानेपानी योजनाको लागि राज्यले कुनै सहयोग नगरेको बताए । बिचमा २ लाख रुपैयाँ वडाको बजेटबाट मर्मतको लागि प्राप्त हुनु बाहेक अन्यत्रबाट सहयोग नआएको उनको भनाइ छ ।

उपभोक्ताले आफैँले जो गरेर खानेपानी सञ्चालन गरेका भए पनि अहिले ट्याङ्की नै बिग्रिएको कारण समस्या भएको उनले बताए । ट्याङ्की बनाउन कसैले सहयोग नगर्ने हो भने गाउँले खानेपानीको सङ्कट भोग्नु पर्ने अवस्था आएको उनको भनाइ छ ।


Download All

photo1_ce3ce623.jpg

387.6KB

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal