आज :

क्यान महासंघद्वारा ई–कमर्स निर्देशिका २०८२ का लागि नीतिगत सुझाव पेश

  • अनलाइन डबली

काठमाडौं । २०८२ नेपालको सूचना प्रविधि क्षेत्रको छाता संगठन क्यान महासंघले प्रस्तावित ‘ई–कमर्स निर्देशिका २०८२’ का सम्बन्धमा आफ्ना आधिकारिक नीतिगत सुझावहरू नेपाल उद्योग वाणिज्य महासंघको सूचना प्रविधि विकास समिति मार्फत पेश गरेको छ ।

क्यान महासंघका वरिष्ठ उपाध्यक्ष एवं साइबर सुरक्षा विज्ञ चिरञ्जीवी अधिकारीले उक्त सुझावहरू पेश गर्दै नेपालको डिजिटल बजारलाई सुरक्षित, सरल र सार्वभौम बनाउनुपर्नेमा जोड दिएका छन् ।
वरिष्ठ उपाध्यक्ष अधिकारीले नेपाली ई–कमर्स क्षेत्रको विकासका लागि तीनवटा मुख्य स्तम्भहरू आवश्यक रहेको बताए ।
उनले सुरक्षा सरकारले केवल डाटा सुरक्षाको कुरा मात्र नगरी ’राष्ट्रिय न्यूनतम सुरक्षा मापदण्ड’ तोक्नुपर्ने सुझाव दिइएको छ । साथै, मापदण्ड पूरा गर्ने प्लेटफर्महरूलाई ’ट्रस्ट सिल’ प्रदान गरी उपभोक्ताको विश्वास जित्नुपर्ने बताइएको छ ।

सरलता व्यवसाय दर्ताका लागि धेरै कार्यालय धाउनुपर्ने झन्झट अन्त्य गर्न ’एकीकृत एपीआई आधारित दर्ता’ प्रणालीको वकालत गरिएको छ । यसले पेन,भ्याट र ओसिआर विवरणहरूलाई स्वचालित रूपमा सरकारी पोर्टलमा क्थलअ गर्नेछ ।

जेल सजायको साटो जरिवानाको माग समेत क्यान महासंघले गरेको छ । निर्देशिकाको मस्यौदामा उल्लेखित कडा सजायका व्यवस्थाहरूले स्टार्टअप उद्योगमा डरको वातावरण सिर्जना गर्ने क्यान महासंघको ठहर छ । प्लेटफर्मको असफलतामा प्रस्ताव गरिएको ३ देखि ५ वर्षको जेल सजायलाई हटाएर वर्गीकरण अनुसारको आर्थिक जरिवाना मात्र राख्न सुझाव दिइएको छ ।

दर्ताका लागि ९० दिनको समय र ’सेफ हार्बर’ को व्यवस्था

महासंघले साना तथा मझौला उद्योगहरूका लागि हालको ३५ दिने दर्ता अवधिलाई अव्यवहारिक भन्दै यसलाई बढाएर ९० दिनको ‘प्राविधिक सहयोग अवधि’ बनाउन माग गरेको छ । यसैगरी, यदि कुनै ई–कमर्स प्लेटफर्मले विक्रेताको उचित जाँचबुझ (म्गभ म्ष्ष्निभलअभ) गरेको छ भने विक्रेताको व्यक्तिगत उत्पादन त्रुटिमा प्लेटफर्मलाई जिम्मेवार ठह¥याउन नहुने गरी ’सेफ हार्बर’ (क्बाभ ज्बचदयच) को प्रावधान राख्न समेत सुझाइएको छ ।

अन्तर्राष्ट्रिय भुक्तानीको बाटो खोल्न आग्रह

नेपाली ई–कमर्सलाई विश्व बजारमा प्रतिस्पर्धी बनाउन अन्तर्राष्ट्रिय डिजिटल भुक्तानीको समस्या समाधान गर्नुपर्नेमा जोड दिइएको छ ।
यसका लागि नेपाल राष्ट्र बैंक लगायतका निकायहरूसँग समन्वय गरी एक कार्यदल बनाउन र साना डिजिटल कारोबारमा शुल्क मिनाहा गर्न प्रस्ताव गरिएको छ ।

सूचना प्रविधि विकास समितिका सभापति शक्ति कुमार बेगानी र सह–सभापतिले क्यान महासंघको यो पहललाई समय सान्दर्भिक र रचनात्मक भन्दै स्वागत गरेको छ । निर्देशिका केवल ‘नियमन’ गर्ने दस्ताबेज मात्र नभई डिजिटल नेपाल निर्माणको ‘साझेदारी’ दस्ताबेज हुनुपर्ने क्यान महासंघको निष्कर्ष छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal