आज :

क्यासिनोमा २ लाखभन्दा बढी खर्च गर्ने ग्राहकको विवरण अभिलेख राख्न अनिवार्य

  • अनलाइन डबली

काठमाडौं । क्यासिनोमा आएर २ लाख रुपैयाँभन्दा बढी रकम खर्च गर्ने ग्राहकको विवरण संकलन गरी अभिलेख राख्न क्यासिनो सञ्चालकहरूलाई अनिवार्य गरेको छ । क्यासिनो कारोबारलाई पारदर्शी, उत्तरदायी र कानूनसम्मत् बनाउन उक्त प्रावधान लागू गरिएको पर्यटन विभागले जनाएको छ ।
विभागले क्यासिनो व्यवसायीहरूलाई जारी गरेको ‘निर्देशन, २०८२’ संशोधन गर्दै यो व्यवस्था लागू गरेको हो । संशोधित निर्देशनअनुसार तोकिएको सीमा भन्दा बढी खर्च गर्ने ग्राहकको पहिचान, खर्च विवरण तथा आवश्यक अभिलेख सुरक्षित राख्नुपर्ने निर्देशनमा उल्लेख गरिएको छ ।
विभागले यो व्यवस्था सम्पत्ति शुद्धिकरण तथा आतंककारी क्रियाकलापमा वित्तीय लगानीसम्बन्धी जोखिम न्यूनीकरणका लागि लागू गरिएको स्पष्ट पारेको छ । सम्पत्ति शुद्धिकरण निवारण ऐन, २०६४ तथा पर्यटन ऐन, २०३५ (संशोधनसहित) ले दिएको अधिकार प्रयोग गरी निर्देशन तुरुन्तै लागू गरिएको विभागको भनाइ छ ।
यससँगै विभागले क्यासिनो व्यवसायीलाई कानूनी दायित्वप्रति सचेत रहँदै तोकिएको मापदण्ड पूर्ण रूपमा पालना गर्न आग्रह गरेको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal