आज :

पकरबास–गोगनपानी–गाल्पा सडकको निर्माणकार्य तीव्र

  • अनलाइन डबली

रामेछाप । रामेछापको खाँडादेवी गाउँपालिकाको पकरबास–गोगनपानी–गाल्पा सडकको निर्माणकार्य तीव्र रूपमा अघि बढेको छ ।

कूल १० किलोमिटर लामो सो सडकको सिकारी डाँडादेखि घ्याङसिङ डाँडासम्मको भाग कालोपत्रे गर्ने काम सकिएको छ ।

अब घ्याङसिङडाँडादेखि गाल्पासम्मको सडक पिचको काम सुरु गर्ने अर्याल कन्स्ट्रक्सन सनका श्याम अर्यालले जानकारी दिए ।

अर्यालले कामको हिसाबले ४० प्रतिशत पिचको काम भएको र अन्य स्ट्रकचरको काम भने ६० प्रतिशत भन्दा बढी सम्पन्न भएको बताए । ‘अब सबै काम सकेर मात्र यहाँबाट हिँड्छौँ’, उनले भने ।

जिल्ला पूर्वाधार विकास कार्यालय रामेछापका सबइञ्जिनियर महेन्द्र साहका अनुसार सिकारी डाँडादेखि गाउँपालिका कार्यालयसम्म ४२ सय मिटर सडक पिच भएको छ ।

दोस्रो चरणमा गाउँपालिका कार्यालयबाट ४ किलोमिटर सडक पिच गरिने छ भने त्यस पछि बाँकी २ किलोमिटर सडक पिच हुने छ । ‘यस आर्थिक वर्ष भित्र सबै काम सम्पन्न हुन्छ’, उनले भने ।

दिवार ओमबुद्ध÷अर्याल कन्स्ट्रक्सनले ४३ करोड रुपैँयामा १८ महिनाभित्र काम सम्पन्न गर्ने गरी २०७८ सालमा सो सडकको ठेक्का सम्झौता गरेको थियो । बारम्बार म्याद थप गर्दा पनि सडकको कामले गति लिन सकेको थिएन ।

सडकको काम समयमा नगरेको भन्दै स्थानीय जनप्रतिनिधिहरूले यसअघि जिल्ला पूर्वाधार विकास कार्यालय रामेछापमा तालाबन्दीसमेत गरेका थिए ।

पटक–पटक निर्माण व्यवसायीले काम अघि बढाउने सहमति जनाए पनि कामको प्रगति हुन सकेको थिएन । अहिले पिचको काम अघि बढेपछि भने स्थानीयमा काम हुने आशा पलाएको छ ।

यसबीच कामको गुणस्तरीयताको बारेमा प्रश्न उठेपछि बाग्मती प्रदेशका उद्योग, पर्यटन तथा वातावरण समितिका सभापति आनन्दकुमार श्रेष्ठले सो सडकको स्थलगत अनुगमन गरेका छन् । अनुगमनको क्रममा निर्माण व्यवसायी र प्राविधिकलाई गुणस्तरीय काम गर्न उनले निर्देशन दिए ।


Download All
photo-1_92bbf564.jpg

253.1KB
photo-5_eed39d2a.jpg

302.8KB
photo-4_6f8d6f2c.jpg

268.1KB
photo-3_d21212dc.jpg

192.0KB
photo-2_e14a6d4f.jpg

257.7KB

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal