आज :

मदुरो पक्राउपछि आक्रोसित किम जोङ हतियार कारखनामा, अमेरिकासम्म सटिक मार हान्न सक्ने सिमाइल उत्पादन दोब्बर बढी

  • अनलाइन डबली

काठमाडौँ । भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोलाई अमेरिकारले गिरफ्तारबाट जनवादी गणतन्त्र कोरियाका सर्वोच्च नेता किम जोङ उन आक्रोसित भएका छन् । उनले मादुरोलाई तुरुन्त रिहा गर्न चेतावनी समेत दिएका छन् ।

यसैबीच उनले आफ्नो गोप्य हतियार कारखानाको अवलोकन गरेका छन् । उनले अमेरिकासम्म मार हान्न सक्ने अपग्रेड गरिएका हतियारको अवलोकन गरिएका हुन् । उनले हालसम्मको रकेट लन्चर प्रणाली पुरानो भइसकेको बताउँदै सटिक निशाना लगाउन सक्ने ‘प्रिसिजन गाइडेड’ मिसाइलको विशाल भण्डार तयार गर्न निर्देशन समेत दिएको अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले बताएका छन् ।

प्रलय ल्याउन सक्ने अत्याधुनिक हतियारहरूको उत्पादनलाई किमले रातारात साढे दुई गुणाले बढाउन आफ्ना इन्जिनियरहरूलाई ‘डेटलाइन’ नै तोकिदिएका छन् । निलो सुटमा लगाएर हतियार कारखाना पुगेका किमले प्रविधि अपग्रेडेड हतियारको अवलोकन गरिएको फोटोहरु सरकारी समाचार संस्था केसीएनएले सार्वजनिक गरेको छ ।

नयाँ हतियार बनाउन किमको निर्देशनसँगै अमेरिका र उसका सहयोगी देशहरुमा खलबली मच्चिएको छ । ‘हाम्रो ट्याक्टिकल गाइडेड हतियार प्रणाली संसारकै उत्कृष्ट हुनेछ । भविश्यमा यसले हाम्रो रकेट प्रणालीलाई पूर्णरूपमा प्रतिस्थापन गर्नेछ र यो हाम्रो सेनाको मुख्य शक्ति बन्नेछ’ किमले अवलोकन पछि भने ।

रक्षा मन्त्रालय र जनरल स्टाफको मागअनुसार हतियारको मौज्दात अपुग भएको भन्दै किमले उत्पादन दोब्बर बढी बनाउन निर्देशन दिएसँगै नयाँ युद्धको संकेत गरेको रक्षा विश्लेषकहरुले बताएका छन् । उनिहरुका अनुसार उत्तर कोरिया दीर्घकालीन युद्धका लागि तयार रहेको संकेत गरेको ठहर गरेका छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal