आज :

जेनजी आन्दोलनको मानवीय क्षति पीडायुक्त घाउ बनेर सँधै रहिरहने छ : प्रधानमन्त्री कार्की

  • अनलाइन डबली

काठमाडौं । प्रधानमन्त्री शुसीला कार्कीले आगामी फागुन २१ गतेको निर्वाचन तोकिएको समयमै हुने दाबी गरेकी छिन् ।

नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना गरेको ‘शान्ति, स्थायित्व र समृद्धिका लागि सहकार्य’ विषयक संवाद कार्यक्रममा बोल्दै उनले सरकार राजनीतिक दल तथा युवाहरुसँगको निरन्तर संवाद र सहयोगमा तोकिएकै मितिमा निर्वाचन गर्ने अवस्थामा सरकार पुगेको बताइन् ।

उनले भनिन्,‘फागुन २१ गते निर्वाचन गर्नेगरी यो सरकार गठन भएको सबैलाई जानकार नै छ । सरकार राजनीतिक दल तथा युवाहरुसँगको निरन्तर संवाद र सहयोगमा तोकिएकै मितिमा निर्वाचन गर्ने अवस्थामा हामी पुगेका छौं ।’

त्यस्तै उनले नेपालको राजनीतिक परिवर्तनले समानुकुल आम नागरिकको जीविका सुधार र व्यवहार पनि न्यायपूर्ण गर्न नसक्दा त्यो निराशा र वितृष्णाको विष्फोटक जेनजी आन्दोलन बन्न पुगेको बताइन् ।

आन्दोलनको क्रममा भएको मानवीय क्षतिको मूल्य एकीन गर्न नसकिने भन्दै उनले एउटा गहिरो पीडायुक्त घाउ बनेर सँधै रहिरहने धारणा राखिन् ।
उनले भनिन्,‘नेपालको राजनीतिक परिवर्तनले समानुकुल आम नागरिकको जीविका सुधार गर्न सकेन, रोजगारीको अवसर पर्याप्त भएनन् । हाम्रा आचरण र व्यवहारमा पनि न्यायपूर्ण हुन सकेन । नागरिकमा निराशा र वितृष्णाको तह विष्फोटक बन्न पुग्यो । भदौं २३ र २४ गतेको जेनजी आन्दोलन भयो । आन्दोलनको क्रममा भएको मानवीय क्षतिको न कहिल्यै पूर्ताल हुन सक्छ । न त त्यसको मूल्य नै यकीन गर्न सकिन्छ । यो एउटा गहिरो पीडायुक्त घाउ बनेर सँधै रहिरहने छ ।’

त्यस्तै प्रधानमन्त्री कार्कीले विभिन्न चुनौतीको सामना गर्दै निजी क्षेत्रले उच्च मनोबलकासाथ अगाडि बढेको भन्दै प्रशंसा समेत गरिन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal