आज :

आज गुरुङ समुदायले तमु ल्होसार मनाउँदै, देशभर सार्बजनिक बिदा

  • अनलाइन डबली

काठमाडौं । गुरुङ समुदायको नयाँ वर्षका रूपमा मनाइने तमु ल्होसार आज देशभर विविध कार्यक्रमसहित मनाइँदैछ । पर्वको अवसरमा सरकारले सार्वजनिक बिदा दिएको छ भने राजधानी काठमाडौंसहित विभिन्न स्थानमा सांस्कृतिक गतिविधि बढेका छन् ।

तमु ल्होसार गुरुङ समुदायको समय–चक्र र सूर्यसँग जोडिएको पर्व हो । ‘ल्हो’ वर्ष र ‘सार’ फेरिनु भन्ने अर्थ राख्ने यस पर्वलाई वर्षको नयाँ सुरुवातका रूपमा लिइन्छ । गुरुङ समुदायको बसोबास रहेको हिमाली तथा पहाडी भू–भागमा सूर्यको ताप चाँडो पर्ने विश्वासका कारण पुस महिनामै तमु ल्होसार मनाइने परम्परा रहँदै आएको जानकारहरू बताउँछन् ।

विशेष गरी लमजुङ, गोरखा, तनहुँ, कास्की, स्याङ्जा, मनाङ र पर्वतलगायत जिल्लामा आज बिहानैदेखि गुरुङ समुदायका घर–घरमा परम्परागत पूजा, शुभकामना आदान–प्रदान तथा सामूहिक भोजको तयारी गरिएको छ ।

पुस १५ गते वर्षकै सबैभन्दा लामो रात पर्ने र त्यसपछि दिन क्रमशः लामो हुँदै जाने भएकाले तमु ल्होसारलाई प्रकाश, आशा र नयाँ ऊर्जाको प्रतीकका रूपमा समेत लिइन्छ । यही कारणले यस पर्वलाई प्रकृतिसँग नजिकको पर्वका रूपमा पनि चिनिन्छ ।

काठमाडौंको टुँडिखेलमा गुरुङ समुदायले विशेष सांस्कृतिक कार्यक्रम आयोजना गरेका छन् । कार्यक्रममा गुरुङ समुदायका पुरुष–महिला परम्परागत वेषभूषामा सजिएर घाटु, सोरठी तथा अन्य मौलिक नृत्य प्रस्तुत गर्दै सांस्कृतिक पहिचान झल्काउनेछन् । साथै मौलिक परिकारहरूको प्रदर्शनीसमेत गरिनेछ ।

पछिल्ला वर्षहरूमा तमु ल्होसार केवल समुदायभित्र सीमित नभई राष्ट्रिय सांस्कृतिक पर्वका रूपमा पनि स्थापित हुँदै गएको छ । सार्वजनिक बिदा र खुला सांस्कृतिक कार्यक्रमले बहुसांस्कृतिक समाजमा आपसी सद्भाव र सांस्कृतिक सहअस्तित्वलाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal