आज :

करारका कर्मचारी हटाएपछि स्वास्थ्य संस्था बन्द

  • अनलाइन डबली

सुर्खेत । पञ्चपुरी नगरपालिकाले करार सेवाका कर्मचारी हटाए पछि यहाँका १२ स्वास्थ्य सेवा केन्द्र बन्द भएका छन् ।

करार स्वास्थ्यकर्मीकै भरमा सञ्चालन भएका स्वास्थ्य संस्था बन्द भए पछि सेवाग्राही मारमा परेका छन् । पञ्चपुरी नगरपालिकाले गत साउन १ गतेदेखि करार सेवाका कर्मचारी हटाएको हो ।

नगरपालिकामा सञ्चालित ६ वटा आधारभूत स्वास्थ्य सेवा केन्द्र र ६ वटा सामुदायिक स्वास्थ्य सेवा इकाई बन्द भएको जनस्वास्थ्य सेवा कार्यालय सुर्खेतले जनाएको छ ।

नगरपालिकाले चालू आर्थिक वर्षमा एक सय २८ जना करारका कर्मचारी हटाएको छ । जसमा ७४ जना शिक्षक, ४१ जना स्वास्थ्यतर्फका कर्मचारी र १३ जना नगरपालिकामा कार्यरत कर्मचारी हटाइएको पञ्चपुरी नगरपालिकाले जनाएको छ ।

आधारभूत स्वास्थ्य सेवा केन्द्र बन्द भएपछि नागरिकले सास्ती खेप्नुपरेको छ । १२ वटा आधारभूत स्वास्थ्य संस्था बन्द भएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख गंगादेब पुरीले जानकारी दिए । उनका अनुसार ६ वटा आधारभूत स्वास्थ्य सेवा केन्द्र र ६ वटा सामुदायिक स्वास्थ्य सेवा इकाई बन्द भएका हुन् ।

नगरपालिकाको वडा नं. १ मा रहेको आधारभूत स्वास्थ्य केन्द्र हासेगाउँ, वडा नं. ३ मा रहेको आधारभूत स्वास्थ्य केन्द्र तोक्मा, वडा नं. ४ मा रहेको आधारभूत स्वास्थ्य केन्द्र बराइँचे, वडा नं. ६ मा रहेको आधारभूत स्वास्थ्य केन्द्र चत्तुरे र वडा नं. ८ मा रहेको आधारभूत स्वास्थ्य केन्द्र दुलालथाई बन्द भएका छन् ।

यस्तै वडा नं. १० मा रहेको आधारभूत स्वास्थ्य केन्द्र नार्सी, वडा नं. ६ मा रहेको सामुदायिक स्वास्थ्य इकाई लाटीकाँडा, वडा नं. ८ मा रहेको सामुदायिक स्वास्थ्य इकाई दहसान्ने, वडा नं. ७ मा रहेको सामुदायिक स्वास्थ्य इकाई सिम्ताचौर तथा पैसरा, वडा नं. ९ मा रहेको सामुदायिक स्वास्थ्य इकाई राग र वडा नं. १० मा रहेको सामुदायिक स्वास्थ्य इकाई बच्छी बन्द भएका हुन् ।

घर आगनका स्वास्थ्य संस्था बन्द हुँदा तीन घण्टा दुरीमा रहेको साल्कोट अस्पतालमा धाउनुपरेको वडा नं. १ का धर्मजीत थापाले जानकारी दिए । घरआँगनमै पाउने सेवा लिन अहिले घण्टौको दुरीमा रहेका साल्कोट अस्पतालमा आउने गरेको उनले बताए ।

गाउँघरका आधारभूत स्वास्थ्य सेवा केन्द्र बन्द भएपनि वडा नं. १, २ र ३ का अधिकांश बिरामी सामान्य उपचार गर्न वडा नं. २ मा रहेको आधारभूत अस्पताल साल्कोट आउने गरेका छन् । सामान्य सिटामोल लिनसमेत तीनदेखि चार घण्टाको दुरीमा धाउनुपर्ने बाध्यता स्थानीयमा छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal