आज :

जेन–जी आन्दोलनका शहीद परिवारसँग रवि लामिछानेको भेट, न्याय नपाएसम्म साथ रहने प्रतिबद्धता

  • अनलाइन डबली

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले काठमाडौं आइपुगेलगत्तै जेन–जी आन्दोलनका शहीद परिवारसँग भेटवार्ता गरेका छन् ।
शनिबार चितवनबाट काठमाडौं आएका लामिछाने जेन–जी शहीद परिवार कल्याणकारी संस्थाको कार्यालय बबरमहल पुगेर आन्दोलनका क्रममा ज्यान गुमाएका शहीदका परिवारसँग भेटघाट गरेका हुन् । भेटका क्रममा उनले शहीद परिवारप्रति सम्वेदना व्यक्त गरे ।
लामिछानेले आन्दोलनका क्रममा भएको घटनालाई अन्याय र दमनको संज्ञा दिँदै भने, ‘उहाँहरूमाथि भएको अन्याय र दमन हत्या हो, यो आमहत्या हो । शहीद परिवारले न्याय नपाउँदासम्म म उहाँहरूको साथमा रहिरहने प्रतिबद्धता व्यक्त गर्न चाहन्छु ।’
उनले सरकारको भूमिकाप्रति पनि टिप्पणी गर्दै सुशासन कायम गर्न आवश्यक परे सरकारलाई साथ दिन आफूहरू तयार रहेको बताए ।
कारागारबाट हिजो मात्रै रिहा भएका उनी चितवनबाट केही बेरअघि काठमाडौं आइपुगेका थिए ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal