आज :

उज्यालो नेपाल पार्टीले दलित समुदायबाट पहिलो राष्ट्रपति र प्रधानमन्त्री बनाउँछः किरण बिक

  • अनलाइन डबली

काठमाडौं । उज्यालो नेपाल पार्टीले पहिलो राष्ट्रपति र प्रधानमन्त्री बनाउने बताएको छ । शनिबार राजधानीको संवाद डबलीमा पार्टीका युवा नेता किरण बिकले कार्यक्रम गरि दलित समुदायबाट राज्यको शिर्षस्थानमा नहुँदा न्याय नपाएको भन्दै आफ्नो पार्टीले आउँदो चुनावमा मुख्य एजेण्डा बनाउनेसमेत जनाए ।

बिकले देशभर रहेका करिब ७० लाख दलितलाई अधिकार दिने राजनीतिक कार्यदिशा रहेको बताउँदै भने,“मुख्य पुराना दलहरुले दलित समुदायलाई सत्तामा पुग्ने भर्याङ र भोट बैंकको रूपमा मात्र प्रयोग, तर उज्यालो नेपाल पार्टीले उनिहरुलाई निर्णायक नेतृत्वमा पुर्उने छ ।”

उनले जेन्जी आन्दोलनका क्रममा भएका दलित सहिद तथा दलित घाइतेको उच्च सम्मान गरिने र उनीहरूको सम्मानमा विशेष कार्यक्रम ल्याइने प्रतिबद्धता जाहेर गरे । “उज्यालो नेपाल पार्टीले अवलम्बन गरेको सामुदायीक समाजवाद नै दलित समुदायको हक–हितको संरक्षण, सामाजिक न्याय सुनिश्चित र दलित विभेदको अन्त्य गर्ने प्रभावकारी राजनीतिक दर्शन हो,” बिकले भने ।

उनले एमाले, कांग्रेस र माओवादी जस्ताः पुराना दलहरूले दलित समुदायलाई वास्तविक राजनीतिक अवसर नदिई भोटको मात्र दुरुपयोग गरेको आरोप लगाए । सुशासनलाई आधार बनाएर उज्यालो नेपाल पार्टीले निजामती सेवा, प्रहरी, पुरस्कार प्रणाली, अदालत तथा गैरसरकारी संस्थाहरूमा दलितको सहभागिता सुनिश्चित गर्ने र त्यहाँ हुने विभेदविरुद्ध कडा कारबाही गर्ने नीति लिएको उनले बताए । “देश धनी भएपछि दलितमा लगानी गर्ने होइन, सुरुबाटै दलित समुदायमाथि लगानी गरे देश आफैँ धनी हुन्छ,” भन्दै उनले दलितलाई गरिब बनाएर देश समृद्ध बन्न नसक्ने स्पस्ट पारे ।

आगामी फागुन २१ गते हुने निर्वाचनमा करिब ७० लाख दलित उज्यालो नेपाल पार्टीको पक्षमा उभिने विश्वास व्यक्त गर्दै बिकले दलितको नाममा खोलिएका छुट्टै दलहरूले थ्रेसहोल्ड मतसमेत कटाउन नसक्ने दाबी गरे । छुट्टै दलित पार्टी खोल्नुले दलित आन्दोलनलाई मूलधारबाट बञ्चित गराउने भएकाले त्यसको आवश्यकता नरहेको उनको भनाइ थियो ।

दलित मुक्ति समाजका अन्य समुदायसँग सहकार्य गरेर मात्र सम्भव हुने उल्लेख गर्दै उनले उज्यालो नेपाल पार्टीको चुनाव चिन्ह बलिरहेको चिममा भोट हाल्न सम्पूर्ण दलित समुदायलाई आग्रह गरे । नयाँ पार्टी भएकाले उज्यालो नेपाल पार्टीमा आबद्ध हुने दलित समुदायका व्यक्तित्वहरूले छिटो र व्यापक राजनीतिक अवसर पाउने पनि उनले मिडियाकर्मीहरूसँग बताए ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal