आज :

सम्भावनाले भरिएको दामन–सिमभञ्ज्याङ

  • अनलाइन डबली

तस्विरहरू : दिक्षान्स खड्का

हेटौंडा । सहरको व्यस्त दैनिकीबाट केही समय सुस्ताउने मन जो–कोहीलाई हुन्छ । काठमाडौंको कोलाहल वातावरणबाट टाढा शान्त, चिसो र प्राकृतिक सौन्दर्यमा रमाउन चाहनेका लागि दामन उत्कृष्ट गन्तव्य बनेको छ ।

मकवानपुरको थाहा नगरपालिकामा पर्ने दामन काठमाडौंबाट धेरै टाढा पनि छैन । थानकोट–नौबिसे हुँदै भित्रुवन ९त्रिभुवन राजपथ० राजमार्गबाट करिब ७५ किलोमिटर दूरी पार गरेपछि तीन घण्टामै दामन पुग्न सकिन्छ ।

चन्द्रागिरि हुँदै चित्लाङको कच्ची बाटो प्रयोग गर्दा झन्डै आधा समयमै दामन पुग्न सकिने विकल्प पनि छ । यसैगरी दक्षिणकालीबाट फाखेल–कुलेखानी–मार्खु–टौखेल–बज्रवाराही हुँदै जाने अर्को वैकल्पिक मार्गले पनि यात्रालाई रोचक बनाउँछ । हेटौंडाबाट करिब ५० किलोमिटरको दूरीमा रहेको दामन बागमती प्रदेश राजधानीसँगै तराई क्षेत्रका शहरहरूबाट पनि सजिलै पुग्न सकिने स्थान हो ।

दामनभन्दा केही उचाइमा रहेको सिमभञ्ज्याङ त्रिभुवन राजपथको सबैभन्दा अग्लो बिन्दु हो । ऐतिहासिक रूपमा सिमभञ्ज्याङ काठमाडौं उपत्यका र मकवानपुर–तराई क्षेत्र जोड्ने प्रमुख पहाडी नाका का रूपमा प्रयोग हुँदै आएको छ ।

राणा शासनकालमा यही पास हुँदै सरकारी अधिकारी, व्यापारी र सेनाहरू ओहोरदोहोर गर्ने गर्थे । आज सिमभञ्ज्याङ जिल्लाकै सबैभन्दा अग्लो क्षेत्रका रूपमा परिचित छ ।

 

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal