काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामीछानेले चितवनबासीहरुसंग भेटघाट तथा सम्बोधन कार्यक्रम गर्ने तय भएको छ ।
भोली शनिबार बिहान ११ बजे लामिछानेले आम चितवनबासी र पार्टी पंक्तिका व्यक्तिहरुसँग भेटघाट तथा सम्बोधन कार्यक्रम हुने हुंदा चितवनका टोल तथा वडा तह देखी जिल्ला तह सम्मका समितीका सम्पूर्णलाई अनिवार्य उपस्थितीका लागि निर्देशन गरिएको छ ।
साथै चितवन स्थित केन्द्र तथा प्रदेश प्रतिनिधी ज्युहरूलाई पनि यसै सूचनाका साथ उपस्थितीका लागि अनुरोध गरेको छ ।
पार्टी पंक्तिका सदस्यहरुलाई भने १०ः३० बजे भरतपुरको चौबिसकोटीमा एकत्रित भएर सभापतीलाई अगाडि लगाएर लामबद्द भए अगाडि बढ्न आग्रह गरिएको छ ।
थुनामुक्त हुने आदेश पाएका लामिछाने शुक्रबार जिल्ला अदालत रुपन्देही पुग्ने कार्यक्रम छ ।
बिहीबार उच्च अदालत बुटवलका न्यायाधीशद्वय बासुदेव आचार्य र तेजनारायण पौडेलको इजलासले उनलाई थुनामुक्त गर्न आदेश दिएको हो । उनलाई अदालतले शर्तसहित थुनामुक्त गर्न आदेश गरेको थियो । उच्च अदालत बुटवलको आदेश जिल्ला अदालत रुपन्देहीमा पुग्नुपर्छ ।


अनलाइन डबली


