आज :

३१ औँ महानगर दिवस : रैथाने खाना र खाद्य सेवाको प्रवर्धनमा काठमाडौं महानगरपालिका

  • अनलाइन डबली

काठमाडौं । नारायण चौरमा काठमाडौं महानगरपालिकाले आयोजना गरेको रैथाने मौलिक खाद्य स्वच्छता मेलामा राखिएका परिकारमा महानगरबासीको रुचि देखियो ।

३१ औँ महानगर दिवसको अवसर पारेर महानगरपालिकाले खाद्य सेवालाई गुणस्तरीयता बढाउन सहभागिता र सचेतना अभिवृद्धि गर्ने उद्देश्यले आयोजना गरेको मेलामा यस्तो अवस्था देखिएको हो । मेलामा ४९ वटा खानाका स्टल थिए ।

मेलामा नेवारी परिकारहरु चटामरी, झुकु, चाकु यमरी, खुवा यमरी, छोइला, अण्डा बारा, मिक्स बारा, फोक्सो, मःम, समयबजी, हाकु छोयला, आलु अचार, मस्यौरा छोयला जस्ता परिकारहरू राखिएका थिए । यसैगरी लिम्बू समुदायका सेर्गेम्बा, याङ्बेन सेट, फाक्सा सेट, गुन्द्रुकको अचार, वाम्युक फिलिङ्गे अचार, चाम्रे सेट लगायतका परिकार थिए ।

फापरको फुलौरा, मकैको फ्याप्लो, कोदोको रोटी, अनादी मसला, बट्टाइ तारेको, कुराउनीको स्वाद पस्किएको थियो । पूर्वी तराईका राजवंशी समुदायले बिहानको खाजाका रूपमा खाने भक्का परिकार मेलाको आकर्षण थियो । जनकपुर तावा माछा, खट्टेको भुजा, मुलाको अचार र लोकल टमाटरको चट्नी सेटको स्वादमा आगन्तुकहरु झुम्मिएका थिए ।

मेलामा महानगरपालिकाभित्रका २४ वटा वडा र अन्य खाद्य तथा आतिथ्यता सेवाबाट परिकार राखिएका थिए । एउटा स्टलमा करिब ५ सय व्यक्ति पुगेर खानाका बारेमा सोधखोज गरेको कृषि तथा पशुपन्छी विभागका फुड टेक्नोलोजिष्ट भारती अधिकारीकाले जानकारी दिए । उनका अनुसार स्टलहरुले ५० हजार रुपियाँसम्मको विक्री गरेको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal