आज :

चितवन राईनोजमाथि पोखरा एभेन्जर्सको जित

  • अनलाइन डबली

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज भएको दोस्रो खेलमा  पोखरा एभेन्जर्सले चितवन राईनोजमामथि शानदार जित निकालेको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको दोस्रो खेलमा पोखरा एभेन्जर्सले चितवन राईनोजमाथि ८ विकेटले जित हासिल गरेको हो ।

चितवनले टस जितेर पहिलो ब्याटिङ गरी ६ विकेट गुमाउदै १२१ रनको लक्ष्य दिएको थियो । उक्त लक्ष्य पक्ष्याएको पोखराले दुई बल बाँकी छदै १९.४ ओभरको खेलमा २ विकेट गुमाएर १२१ रनको लक्ष्य पुरा गरेको हो ।

आजको खेलमा पोखराको जितको लागि एडम वासिंटनले सर्वाधिक ६५ रन बनाए भने उनले ४८ बलमा ४ चौका र ५ छक्का प्रहार गरे । यस्तै, अर्जुन ४३ रनमा अविजित रहे भने कप्तान कुशल भुर्तेल ४ रनमा आउट भए ।  जेशन रोय ६ रनमा अविजित रहे । बलिङमा चितवनका सैफ जैइव र रिजन ढकालले एकएक विकेट लिए ।

यसैगरी चितवनका लागि देव खनालले सर्वाधिक ३५ रन बनाए भने अल्पेश रामजानी ३३, डेविड मलान ५, अर्जुन साउद १, रवि बोपारा १, सैफ जैइव १७, कप्तान कुशल मल्ल २३ रनमा आउट भए । कमलसिंह ऐरी २ रनमा अविजित रहे । बलिङमा पोखराका धनन्जय लक्षनले सर्वाधिक ३ विकेट लिए । विपिन खत्री, रोहित चन्द र किरण ठगुन्नाले एकएक विकेट लिए ।

चितवन राईनोजको कप्तानमा कुशल मल्ल रहेका छन् भने पोखरा एभेन्जर्सको कप्तानमा कुशल भुर्तेल रहेका छन् ।

चितवन राईनोज र पोखरा एभेन्जर्स दुवै टोली प्लेअफ पुग्नबाट बाहिरिसकेका छन् । ६ खेलमा २ मा जित र ४ मा हारसहित चितवन तालिकाको छैठौँ र ६ खेलमा ४ खेल हारेको पोखरा २ अंकसहित तालिकाको पाँचौ स्थानमा छ ।

पोखरा र चितवनसहित कर्णाली र जनकपुर पनि प्लेअफ समिकरणबाट बाहिरिएका टोली हुन् ।

 

 

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal