आज :

आज अन्तर्राष्ट्रिय स्वयंसेवक दिवस मनाइँदै

  • अनलाइन डबली

काठमाडौं । आज अन्तर्राष्ट्रिय स्वयंसेवक दिवस संयुक्त राष्ट्रसंघको आह्वानमा सबै सदस्यराष्ट्रमा विभिन्न कार्यक्रम गरि मनाइँदैछ ।

स्वयंसेवकहरूको योगदानलाई सम्मान गर्ने र स्वयंसेवाको भावना तथा सेवा संस्कृतिलाई स्थानीयदेखि राष्ट्रिय र अन्तरराष्ट्रिय तहसम्म प्रवद्र्धन गर्ने उद्देश्यका साथ यो दिवस सन् १९८५ देखि मनाउन थालिएको हो । राष्ट्रसंघीय महासभाले सोही वर्ष डिसेम्बर ५ मा अन्तरराष्ट्रिय दिवसका रूपमा सदस्य देशमा यो दिवस मनाउने घोषणा गरेको हो ।

‘हरेक योगदानको महत्व छ’ भन्ने २०२५ को नाराले सानोदेखि ठूलो हरेक सहयोगले समाजलाई अगाडि बढाउन महत्वपूर्ण भूमिका खेल्ने बताउँछ । चाहे केही घण्टा सहयोग होस् वा सानो कौशल बाँड्ने काम, प्रत्येक स्वयंसेवकको योगदानले समुदायमा सकारात्मक परिवर्तन ल्याउँछ ।

स्वंसेवकहरुको भूमिका मार्फत गरिबी, असमानता, शिक्षा, स्वास्थ्य, र जलवायु परिवर्तन जस्ता विश्वव्यापी चुनौतीहरूको सामना गर्न सहयोग पुग्दै आएको छ । स्वयंसेवकहरूले समावेशी समुदायहरू निर्माण गर्न, उपेक्षित आवाजहरूलाई सशक्त बनाउन, र सामाजिक तथा वातावरणीय समस्याहरूको सामना गर्न प्रतिरोधात्मक क्षमता बढाउन मद्दत गर्दछन् भन्ने अठोट पनि आजको दिनले लिएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal