काठमाडौं । ‘स्वस्थ शहरहरूको लागि स्वस्थ माटो’ भन्ने नाराका साथ आज विश्व माटो दिवस मनाइँदैछ ।
खाद्य तथा कृषि सङ्गठनको सिफारिसमा संयुक्त राष्ट्रसङ्घको ६८औँ महासभाको निर्णयानुसार सन् २०१३ डिसेम्बर ५ गतेदेखि विश्व माटो दिवस मनाउन थालिएको हो ।
बढिरहेको आधुनिकीकरणको प्रभावले समाजमा आइरहेको सकारात्मक एवं नकारात्मक परिवर्तनहरू कति देख्न सक्ने हुन्छन् भने कति देख्न नसक्ने खालका हुन्छन् । त्यसमा माटो पनि पर्छ, माटोमा आएको परिवर्तन, माटोको प्रदूषण हामीले कहिले ख्याल नै गरेका छैनौ । त्यसैले स्वस्थ माटोको महत्त्वमा विश्वको ध्यान केन्द्रित गर्न र माटोको स्रोतको स्थायी व्यवस्थापन सम्बन्धी जनजागरूकता फैलाउन हरेक वर्षको डिसेम्बर ५ तारिखमा संयुक्त राष्ट्र सङ्घको खाद्य तथा कृषि संस्थानले विश्व माटो दिवस मनाउने गरेको छ ।
नेपालमा सन् २०१४ डिसेम्बर ५ मा काभ्रेपलाञ्चोकको पाँचखालमा घुम्ती माटो परीक्षण प्रयोगशालाबाट स्थलगत माटो परीक्षणको औपचारिक सुरुआतसँगै विश्व माटो दिवस मनाउन थालिएको हो ।


अनलाइन डबली


