आज :

मकवानपुर जेन–जी संयोजक सुविन खत्रीद्वारा सम्पूर्ण जेन–जीलाई सम्पर्कमा आउन आह्वान

  • अनलाइन डबली

हेटौँडा । जेन–जी आन्दोलनमा सक्रिय भूमिका खेल्दै आएका मकवानपुर जेन–जी संयोजक सुविन खत्रीले भदै २३ र २४ गते देशभर भएको जेन–जी आन्दोलनमा सहभागी मकवानपुरका सबै युवालाई तत्काल सम्पर्कमा आउन आह्वान गरेका छन् ।

जारी विज्ञप्तिमार्फत खत्रीले प्रत्यक्ष निर्वाचित कार्यकारी व्यवस्था, प्रभावकारी भ्रष्टाचार नियन्त्रण तथा प्रदेश संरचनाको आवश्यकताअनुसार पुनर्संरचना लगायतका मूल मागलाई बदनाम गर्न विभिन्न तत्व सक्रिय भएपछि जेन–जी पुस्ता एकजुट भएर अघि बढ्नु आवश्यक भएको बताएका छन् ।

खत्रीले आन्दोलनका सहभागीहरूलाई अनावश्यक रूपमा पक्राउ र कुटपिटजस्ता गतिविधि बढिरहेको उल्लेख गर्दै यस परिस्थितिमा सम्पूर्ण जेन–जी एकताबद्ध भई आन्दोलनको औचित्य र उद्देश्यलाई थप सशक्त बनाउन आग्रह गरेका छन् ।

उनले अहिलेको अन्तरिम सरकार नेतृत्वकर्ताहरूबाट जेन–जीहरुको माग सम्बोधन गर्ने कुनै स्पष्ट संकेत नदेखिएकाले दबाब जारी राख्न सभी मकवानपुर जेन–जीहरूलाई संगठित भएर सम्पर्कमा आउन अपिल गरेका हुन् ।

‘जेन–जी पुस्ताको भोलि सुरक्षित बनाउने लक्ष्यसहित अघि बढेको आन्दोलनलाई कमजोर पार्न प्रयास भइरहेको छ । त्यसैले सबै जेन–जी एक ठाउँमा उभिनु आजको अपरिहार्य आवश्यकता हो,’ विज्ञप्तिमा उल्लेख गरिएको छ ।

संयोजक खत्रीले माग सम्बोधनका लागि आवश्यक राष्ट्रिय दबाब सिर्जना गर्न मकवानपुरका प्रत्येक जेन–जी युवाले आन्दोलनको सकारात्मक ऊर्जा जोगाउँदै एकताबद्ध हुनुपर्ने पुनः जोड दिएका छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal