आज :

आज आठौं सामाजिक सुरक्षा दिवस मनाइँदै

  • अनलाइन डबली

काठमाडौं । ‘सामाजिक सुरक्षा सर्वव्यापी स्वास्थ्य सेवाको पहुँच, पेन्सनयोग्य समाज र उत्पादकत्व अभिवृद्धिसहित नागरिक जीवनको रक्षा’ भन्ने नारासहित आज देशभर आठौं सामाजिक सुरक्षा दिवस मनाइँदै छ ।

‘असल श्रम सम्बन्धको आधार सामाजिक सुरक्षा र रोजगार’ भन्ने मूल मन्त्रसहित आठ वर्षअघि योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम घोषणा भएको दिनको सम्झनामा प्रत्येक वर्ष मङ्सिर ११ मा सामाजिक सुरक्षा दिवस मनाइन्छ  ।

नेपालको संविधानमा सुनिश्चित सामाजिक सुरक्षासम्बन्धी मौलिक हक कार्यान्वयन गर्ने उद्देश्यसहित सरकारले २०७५ मङ्सिर ११ गते योगदानमा आधारित सामाजिक सुरक्षा योजना औपचारिक रूपमा घोषणा गरेको थियो ।

श्रमिकको योगदानमा आधारित सामाजिक सुरक्षा हक सुनिश्चित गर्दै योगदानकर्तालाई आवश्यक सुरक्षा प्रदान गर्ने लक्ष्यका साथ स्थापना गरिएको कोषले सो कार्यक्रम सञ्चालन गर्दै आएको छ । कोषका अनुसार, सबै श्रमिकलाई योजनामा समावेश गरी आर्थिक तथा सामाजिक जोखिम न्यूनिकरण गर्ने, सर्वव्यापी सामाजिक सुरक्षाको अवधारणा मूर्तरूप दिनेजस्ता उद्देश्यसहित कोषका कार्यक्रम अघि बढाइएका छन् । साथै आज देश भरी सामाजिक सुरक्षा दिवस मनाइँदै छ ।

 

 

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal