आज :

आज बैंकिङ प्रणालीबाट ३० अर्ब रुपैयाँ झिक्दै राष्ट्र बैंक

  • अनलाइन डबली

काठमाडौं । तरलता व्यवस्थापनका लागि नेपाल राष्ट्र बैंकले आज बैंकिङ प्रणालीबाट ३० अर्ब रुपैयाँ झिक्न लागेको छ । केन्द्रीय बैंकले तरलता व्यवस्थापनका लागि प्रयोग हुने अल्पकालीन उपकरण निक्षेप संकलन मार्फत ४२ दिन का लागि उक्त रकम झिक्ने तयारी गरेको हो ।

राष्ट्र बैंकले पछिल्लो समय प्रत्येक आइतबार र बुधबार नियमित रूपमा बजारबाट तरलता झिक्ने कार्य गर्दै आएको छ । सोही क्रममा आज पनि अनलाइन बिडिङ प्रणालीमार्फत पैसा झिक्ने लागिएको हो ।

मध्यान्ह २ बजेदेखि अनलाइन बिडिङमा सहभागी भइ बोलकबोल गर्न सकिने राष्ट्र बैंकले जनाएको छ । इच्छुक बैंक तथा वित्तीय संस्थाले न्यूनतम १० करोड रुपैयाँ तथा अधिकतम ५ करोडका दरले भाग जाँदा निःशेष हुने गरी कुल आह्वान रकमभित्र आवेदन दिन सक्नेछन् । यस्तो निक्षेप संकलनको साँवा तथा ब्याज भुक्तानी पुस २३ गते हुनेछ । राष्ट्र बैंकबाट इजाजत प्राप्त क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाहरू मात्र यस प्रणालीमा सहभागी हुन पाउनेछन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal