आज :

मुख्यसचिवमा सुमनराज अर्याल नियुक्त गर्ने सरकारको निर्णय

  • अनलाइन डबली

काठमाडौं । नेपाल सरकारको मुख्यसचिवमा सुमनराज अर्याल नियुक्त भएका छन् ।
सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसेको मन्त्रिपरिषद् बैठकले उनलाई मुख्यसचिव नियुक्त गर्ने निर्णय गरेको कार्यवाहक प्रवक्ता तथा शिक्षामन्त्री महावीर पुनले जानकारी दिए ।
त्यस्तै भैरवाको विशेष आर्थिक क्षेत्र सञ्चालन मापदण्ड तथा कार्यविधि २०७१ लाई खारेज गरेर त्यस क्षेत्रमा विशेष आर्थिक क्षेत्र मासिक भाडा दर २० बाट घटाएर प्रतिवर्गमिटर ५ रुपैयाँ कायम गर्ने निर्णय भएको पनि उनले जानकारी गराए ।
उले भने,‘भैरवाको विशेष आर्थिक क्षेत्र सञ्चालन मापदण्ड तथा कार्यविधि २०७१ लाई खारेज गरेर त्यो क्षेत्रमा विशेष आर्थिक क्षेत्र मासिक भाडा दर २० रुपैयाँ प्रतिवर्गमिटर घटाएर ५ रुपैयाँ कायम गर्ने निर्णय भएको छ ।’
त्यस्तै उनले विद्युत नियमन आयोगलाई साउथ एसिया फोरम इन्फ्रास्ट्रक्चररेगुलेसनको सदस्यता स्वीकृति दिने निर्णय भएको पनि जानकारी दिए ।
साथै भदौ २३ र २४ गतेको जेनजी आन्दोलनमा घाइते भएकाहरुको उपचार गर्ने राहत दिने र सेवा दिनका लागि सञ्चालित हेल्प डेस्कमा मन्त्रालयको सचिव र उपसचिव बाहेक १० जनालाई राख्ने र चार महिनासम्म मासिक रुपमा १५ हजार रुपैयाँ दिने अर्को निर्णय भएको उनले बताए ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal