काठमाडौँ । भारतीय सञ्चारमाध्यमहरुले बलिउड अभिनेता धर्मेन्द्र देओलको निधन भएको दावी गरेका छन् ।
८९ वर्षीय अभिनेताको उपचारका क्रममा सोमबार दिउँसो १ बजेतिर आफ्नो घरमा निधन भएको बताइएको हो।
श्वासप्रश्वासमा समस्या भएपछि उनलाई सोमबार ब्रिच क्यान्डी अस्पतालमा भर्ना गरिएको थियो।
सन १९३५ मा पञ्जाबमा धर्म सिंह देओलको रूपमा जन्मेका धर्मेन्द्रले १९६० को दशकको शुरुमा फिल्ममा डेब्यू गरेका थिए भने उनले सयकडौं फिल्ममा अभिनय गरेका छन् ।


अनलाइन डबली





