आज :

जनकपुरधामका विद्यालयहरु तीन दिन बन्द, माछा मासु र मदिरा बेच्न पनि प्रतिबन्ध

  • अनलाइन डबली

जनकपुर । सप्ताहव्यापरी रुपमा मनाईने मिथिलाको ऐतिहासिक विवाहपञ्चमी महोत्सवलाई मध्येनजर गर्दै जनकपुरधामका विद्यालयहरु तीन दिन बन्द हुने भएको छ ।

महोत्सवको अवसरमा आयोजित मेला भव्य बनाउन आजदेखि तीन दिनका सम्मका लागि बन्द हुने भएको छ ।

संस्थागत विद्यालयहरु आवद्ध प्याब्सन, एन–प्याब्सन र हिसान जनकपुरधामले संयुक्त रुपमा सूचना जारी गर्दै विद्यालयहरु बन्द गर्ने निर्णय गरेको जनाएको छ । सूचनामा विवाह महोत्सवको भीड व्यवस्थापन तथा श्रद्धालु भक्तजनको सुविधालाई दृष्टिगत गर्दै यस्तो निर्णय गरिएको उल्लेख छ ।

साथै आज देखि तीन दिनसम्म जनकपुरधामभरि माछा–मासु र मदिरा बिक्री वितरण प्रतिबन्ध लगाइएको छ ।

आइतबार राति १२ बजेदेखि १० गते राति १२ बजे सम्मका लागि जिल्ला प्रशासन कार्यालय धनुषाले माछा मासु र मदिरा बिक्री वितरणमा रोक लगाएको छ ।

कसैले आदेश विपरीत माछा मासु र मदिरा बिक्री वितरण गरेको पाइएमा कानुन बमोजिम सजाय हुने जिल्ला प्रशासन कार्यालय धनुषाले जनाएको छ ।

 

 

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal