आज :

विवाहपञ्चमी महोत्सव : तिलकोत्सव सम्पन्न आज मटकोर

  • अनलाइन डबली

जनकपुर । सप्ताहव्यापी रुपमा मनाईने विवाहपञ्चमी महोत्सव अन्तर्गत चौथो दिन तिलकोत्सव सम्पन्न भएको छ ।

आइतबार जनकपुरधामको राममन्दिर प्राङ्गनमा तिलकोत्सव विधि सम्पन्न गर्नुका साथै जानकी मन्दिरका छोटे महन्थ राम रोशन दास र राम मन्दिरका महन्थ राम गीरिले सम्धी मिलन गरेका छन् ।

तिलकोत्सवका लागि जानकी मन्दिरबाट ‘भार’ लिएर जानकी मन्दिरका महन्थ रामरोशन दास वैष्णवसहितको टोली राम मन्दिर पुगेका थिए । जानकी मन्दिरबाट फलफूल, मिष्ठान परिकार लगायतका सयौँ पाहुनाका साथ श्रद्धालुहरू राम मन्दिरको परिसरमामा आएर तिलकोत्सव कार्यक्रममा सहभागी भएका थिए । तिलकोत्सवको अवसरमा दुवै पक्षबीच सांगीतिक रुपमा मैथिली परम्परा अनुसार एक अर्कालाई गाली गरेर जिस्काएका थिए ।

अब आज विवाहपञ्चमीको पाँचौँ दिन माता सीताको मटकोर विधि हुनेछ । भोली मंगलबार स्वयमबर र विवाह महोत्सव हुनेछ भने बुधबार अन्तिम दिन रामकलेवा गरेर अयोध्याबाट आएका बारातीहरुलाई विदा गरी महोत्सव सम्पन्न हुनेछl

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal