आज :

विवाहपञ्चमी महोत्सव ः तेस्रो दिन धनुष यज्ञ सम्पन्न

  • अनलाइन डबली

काठमाडौं । सप्ताहव्यापी रुपमा मनाईने सीताराम विवाहपञ्चमी महोत्सवअन्तर्गत तेस्रो दिन धनुष यज्ञ सम्पन्न भएको छ ।

शनिबार साँझ जनकपुरधामको ऐतिहासिक बाह्रविघा मैदानमा भगवान रामका प्रतीक किशोरले धनुष तोडेका छन् ।

त्रेतायुगमा मिथिला राजा जनकले आफ्नी छोरी जानकीको विवाहका लागि धनुष यज्ञ गरेको स्मरणमा विवाहपञ्चमीको तेस्रो दिन धनुष यज्ञ मनाइन्छ ।

त्रेता युगमा राजा जनकले आफ्नी छोरी सीतासँग विवाह गर्नेले शिवको धनुषमा प्रत्यन्चा चढाउन सक्नु पर्ने प्रण लिएका थिए । सो सभामा सहभागी भएका कुनै राजाले प्रत्यन्चा चढाउन नसकेपछि भगवान रामले प्रत्यन्चा चढाएर धनुषलाई तीन टुक्रा पारेका थिए । त्यसपछि मात्रै सीता र रामबीच विवाह भएको वाल्मिकी रामायणमा उल्लेख रहेको छ ।

यस अघि पहिलो दिन नगर दर्शन भएको थियो भने दोस्रो दिन फूलवारी लीला भएको थियो । अब आईतबार जनकपुरधामस्थित राम मन्दिरको प्राङ्गणमा तिलकोत्सव कार्यक्रम हुनेछ । तिलकोत्सव कार्यक्रममा जानकी मन्दिरका महन्थ तपेश्वर दास वैष्णव सीताका बुवा र राम मन्दिरका महन्थ राम गिरी रामका बुवाको भूमिका निर्वाह गर्दै सम्धी मिलन गर्नेछन् ।

त्यस्तै सोमबार मटकोर विधि हुनेछ भने मंगलबार स्वयमवर र विवाह उत्सव हुनेछ । बुधबार महोत्सवको अन्तिम दिन रामकेलवा गरेर सप्ताहव्यापी विवाहपञ्चमी महोत्सव सम्पन्न हुने । जनकपुरधाममा प्रत्येक वर्ष हर्षोल्लासका साथ सात दिनसम्म विवाहपञ्चमी महोत्सव मनाईने गरिन्छ । महोत्सव हेर्न नेपाल, भारतसका लाखौं श्रद्धालुभक्तजनसहित विभिन्न देशका पर्यटकहरु पनि आउने गर्छन ।

 

 

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal