आज :

मकवानपुरमा बोलेरो गाडी दुर्घटना, मानवीय क्षति नभएको प्रहरीको पुष्टि

  • अनलाइन डबली

मकवानपुर । ईन्द्रसरोवर गाउँपालिका–३ सिस्नेरी–खुर्सानीबारी भित्रि सडकखण्डमा एक बोलेरो गाडी दुर्घटना भएको छ ।

मंसिर ५ गते साँझ करिब ५ बजे ललितपुरबाट सिस्नेरीतर्फ आउँदै गरेको बा.प्र.०१–०२८ च ७१९४ नम्बरको बोलेरो गाडी बागमती नदी तर्ने क्रममा दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

प्रहरीका अनुसार बागमती नदीमा जमेको फिज (बरफ) बीचबाट गाडी पार गर्दै गर्दा पछाडिको चक्का ढुङ्गामा अड्किएपछि गाडी चिप्लिएर नदीमै भासिएको थियो ।  घटनाबारे मंसिर ६ गते दिउँसो करिब १२ बजे सूचना प्राप्त भएपछि प्रहरी चौकी सिस्नेरीबाट टोली खटिएको थियो ।

गाडी नदीको पानीमा डुबेको अवस्थामा फेला परेको र मानवीय क्षति भने नभएको प्रहरीले पुष्टि गरेको छ । स्थानीयको सहयोगमा डुबेको बोलेरो निकालेर सडक छेउमा राखिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक सुवासचन्द्र बोहोराका अनुसार, ‘गाडी बागमती नदी पारगर्ने क्रममा पछाडिको चक्का ढुङ्गामा परेको र चिप्लिएर नदीमा पल्टिएको प्रारम्भिक अनुसन्धानबाट देखिन्छ ।

घटना गम्भीर देखिए पनि मानवीय क्षति नभएकाले राहतको विषय हो । गाडीलाई बाहिर निकालेर सुरक्षित स्थानमा राखिएको छ ।’

उनका अनुसार दुर्घटनास्थल प्रहरी चौकी सिस्नेरीबाट करिब ७ किलोमिटर पूर्वमा पर्छ । प्रहरीले यस सम्बन्धमा थप अनुसन्धान जारी राखेको जनाएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal