काठमाडौं । दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को छैटौं दिनको पहिलो खेलमा लुम्बिनी लायन्सले कर्णाली याक्सलाई १५७ रनको लक्ष्य दिएको छ ।
लुम्बिनी लायन्सले निर्धारित २० ओभरको खेलमा ८ विकेट गुमाउदै १५७ रनको लक्ष्य दिएको हो । टस जितेर कर्णालीले पहिले बलिङ गर्ने निर्णय गरेपछि लुम्बिनी लायन्सले ब्याटिङ्को निम्तो पाएको हो ।
लुम्बिनी लगातार दोस्रो जितको दाउमा छ । लुम्बिनीले पहिलो खेलमा चितवनलाई ६ विकेटले हराएको थियो । यता कर्णाली भने पहिलो जितको खोजीमा छ । कर्णाली पहिलो खेलमा चितवनसँग ४ विकेटले हारेको थियो ।
दुवै टिमले आज दोस्रो खेल खेल्दैछन् । जहाँ लुम्बिनी लगातार दोस्रो जितका साथ ४ अंक बनाउने दाउमा छ भने कर्णाली पहिलो जित निकाल्दै पुनरागमन गर्ने तयारीमा छ । आज हुने दोस्रो खेलमा विराटनगर किंग्स र काठमाडौं गोर्खाजबीच खेल हुनेछ ।


अनलाइन डबली




