आज :

कान्तिलोकपथमा औषधि बोकेको ट्रक ब्रेकफेल भई दुर्घटना, सडक पूर्ण अवरुद्ध

  • अनलाइन डबली

मकवानपुर । मकवानपुर जिल्लाको भीमफेदी गाउँपालिका–८, बगुवा स्थित कान्तिलोकपथ सडकखण्डमा आज बिहान ट्रक दुर्घटना भएपछि सडक पूर्ण रूपमा अवरुद्ध भएको छ।

बिरगञ्जबाट काठमाडौंतर्फ औषधि लोड गरी गइरहेको ना ३ ख ३१९२ नम्बरको ट्रक आज बिहान करिब ५ बजेको समयमा अचानक ब्रेकफेल भई अनियन्त्रित रुपमा सडकमै पल्टिएको इलाका प्रहरी कार्यालय, ठिंगन मकवानपुरले जनाएको छ।

दुर्घटनाको जानकारी प्राप्त भएलगत्तै इलाका प्रहरी कार्यालय ठिंगनबाट प्रमुख प्रहरी निरीक्षक रमाकान्त प्रसाद यादवको कमाण्डमा ट्राफिक प्रहरी सहितको टोली खटिएको थियो। प्रारम्भिक विवरणअनुसार दुर्घटनामा परेका बारा जिल्ला, जितपुर–सिमरा उपमहानगरपालिका–१ निवासी ४० वर्षीय चालक विनोद माझी सकुशल प्रहरी सम्पर्कमा रहेका छन्।

ट्रक सडकमै पल्टिएकोले कान्तिलोकपथ पूर्ण रूपमा अवरुद्ध बनेको छ। घटनास्थलमा ट्रक हटाउने कार्य तीव्रगतिमा भइरहेको तथा अतिरिक्त प्रहरी फोर्स समेत परिचालन गरिएको ठिंगन प्रहरीले जनाएको छ।

दुर्घटनास्थल इलाका प्रहरी कार्यालय ठिंगनबाट करिब ८ किलोमिटर उत्तर पर्ने बताइएको छ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका एसपी सुरतचन्द्र बोहराका अनुसार आवश्यक प्रशासनिक तथा प्राविधिक प्रक्रिया अनुसरण गर्दै सडक सुचारु गर्ने प्रयास जारी राखिएको छ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal