आज :

सिमरा घटना ः आज दुवै पक्षबिच वार्ता हुने

  • अनलाइन डबली

रौतहट । बाराको सिमरामा भएको घटनाको विषयमा आन्दोलरत पक्षसंग आज वार्ता हुने भएको छ ।  नेकपा (एमाले) र ‘जेन–जी आन्दोलन’का युवाहरूबिच बुधवारदेखि सुरु भएको झडप तथा तनावलाई वार्ताबाट समाधान गर्ने प्रयास खोजिएको हो ।

जितपुरसिमरा उपमहानगरपालिकाका मेयर राजन पौडेलले दुवै पक्षबिच वार्ताका लागि पहल गरिरहेको बताएका छन् ।

उनले शुक्रवार हुने वार्ताले स्थायी समाधान निकाल्ने विश्वास व्यक्त गरे ।वार्तामा युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ता, जेन–जी आन्दोलनका अगुवा सुदन गुरुङ, पुरुषोत्तम यादवलगायत सहभागी हुने भएका छन् । उनीहरू बिहीबार साँझ नै सिमरा आइपुगेका छन् ।

प्रहरीमा दर्ता भएको जाहेरीका आधारमा तीन जनालाई पक्राउ गरेको जिल्ला प्रशासन कार्यालय बाराका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्र बताए ।पक्राउ पर्नेमा जितपुरसिमरा–२ का ३८ वर्षीय अरविन्द साह, वडा नम्बर २ का वडाध्यक्ष धनबहादुर श्रेष्ठ र वडा नम्बर ६ का वडाध्यक्ष कैमद्विन अन्सारी रहेका छन् ।

उनीहरूलाई जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रजिअ मिश्रले बताए । घटनामा ६ प्रहरी र ४ जेन–जी युवा घाइते भएका छन् ।

स्थिति नियन्त्रणमा लिन प्रशासनले सिमरा क्षेत्रमा पटक–पटक कफ्र्यु आदेश जारी गरेको थियो  ।  जेन–जी समर्थकहरूले आज (शुक्रवार) सम्मका लागि सबै आन्दोलनका कार्यक्रम स्थगित गरेका छन् । अहिले सिमराको जनजीवन सामान्य बनेको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal