आज :

उर्जा मन्त्री घिसिङ र खेलकुद मन्त्री गुप्ताद्वारा जनकपुरधामको निर्माणाधिन रंगशालाको निरीक्षण

  • अनलाइन डबली

जनकपुर । युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ता र ऊर्जा, भौतिक पूर्वाधार तथा सहरी विकासमन्त्री कुलमान घिसिङले जनकपुरधामस्थित निर्माणाधिन श्री राम जानकी बहुउद्येश्यि अन्तराष्ट्रिय रंगशाला मैदानको निरीक्षण गरेका छन् ।

शुक्रबार विहान मन्त्रीद्वय घिसिङ र गुप्ताले रंगशालाको निरीक्षण गर्नुका साथै मधेश प्रदेशका खेलकुद मन्त्रालयका पदाधिकारी र खेलकुद परिषदका सदस्यहरुसंग रंगशाला निर्माण बारे जानकारी लिएका छन् ।

निरीक्षण पश्चात खेलकुद मन्त्री गुप्ताले ११ औं राष्ट्रिय खेलकुद मधेश प्रदेशमै हुने भनिएकोले सो अनुसारको भौतिक संरचना निर्माण सम्पन्न हुन आवश्यक रहेको बताए । उनले अहिले केही समय बाँकी रहेकोले भौतिक संरचना निर्माणको कार्य पूरा गर्न आवश्यक कदम चाल्ने बताए ।

रंगशालाको कागजी कामहरु सम्पन्न भइसहेर केन्द्रको अर्थ मन्त्रालयमा धेरै दिन देखि अल्झेको अवस्थामा रहेको उनले आफूले जानकारी प्राप्त भएको बताए । मन्त्री गुप्ताले काठमान्डु पुगेर अगाडिको प्रक्रिया बढाउन निर्देशन दिने बताए । उनले ११ औं राष्ट्रिय खेलकुदका लागि जनकपुरधाम र नारायणी मात्र विकल्प रहेकोले जनकपुरको रंगशाला निर्माण हुनु आवश्यक रहेको बताए ।

मन्त्री गुप्ता र घिसिङ आजै सिरहा र धनुषा जोड्ने कमला पुलको निरीक्षण् गर्न जान लागेका छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal