काठमाडौं । पहिला देश(पिपुल्स रिभोल्यूसन)का संयोजक एसपी साहले बारामा जस्तै देशैभरबाट महेश बस्नेत र केपी ओली प्रवृत्तिलाई लखेट्ने चेतावनी दिए । बिहिबार राजधानीको संवाद डबलीमा पत्रकार सम्मेलनको आयोजना गरी पहिला देशले देशभर भ्रष्ट र हत्याराहरुलाई लखेट्ने घोषणा समेत गरेको छ ।
संयोजक साहले जेन–जी बिद्रोहपछि देशको अवस्था निकै नै संकटपूर्ण भएको तर परिवर्तित अवस्थामा पनि पुराना दल र नेताहरुको सोच नबदलिएको भन्दै जेन्जी थप सतर्क हुनेबेला आएको सुझाए । सो कार्यक्रम सम्पन्न भएर घर फर्किनै लाग्दा प्रहरीले प्रवक्ता डा.निकोलस भुसाललाई गिरफ्तार गर्नु सरकारको कायरता भएको साहले बताए । “हामीले भ्रष्ट र दलालहरुलाई देशैभरबाट लखेट्ने कार्यक्रम सार्वजनिक गरेपछि आत्तिएर सरकारले भुसाललाई पक्रेको छ, जुन उसको कायरता हो, यो समय त जेन्जीका हत्यारा र भ्रष्टहरुलाई पक्रनुपर्ने हो” साहले थपे ।

गिरफ्तार हुनु अघि प्रवक्ता भुसालले शक्ति र सरकारबाट हात धुनुपरेका केपी ओली र उनका कार्यकर्ता अझै पनि नचेतकोले बाराबाट उनिहरु लखेटीन सुरु भएको बताए । “आफ्नो अपराध बोध गरेर आत्मसमिक्षा गर्नुको सट्टा जेन्जी र जनताको परिवर्तनकारी सोचलाई लल्कार्नुले ओली प्रवृत्ति थप पतन हुने बाटो रोजेको प्रष्ट छ, यसमा हामी ‘रामराम’ बाहेक केही भन्न सक्दैनौंं” भुसालले भने ।
सचिवालय सदस्य जेन्जी सुनिल सिंहले २३ र २४ गते जेन्जीलाई ताकिताकी गोली हान्नेहरुलाई उन्मिुक्ति दिदा देश थप द्वन्दमा फस्दै गएको बताउँदै भने,“केपी ओली, रमेश लेखक र सिडियोलगायतलाई हत्कडी नलगाउँदासम्म आमी सडकको मोर्चा छाड्नेवाला छैनौं ।”
पत्रकार सम्मेलनमा सचिवालय सदस्य धरणीधर दाहाल, कपिल पौडेल र केन्द्रीय सदस्य सुरेन्द्र घर्तिकोसमेतको उपस्थिति रहेको थियो ।
पत्रकार सम्मेलन लगत्तै प्रवक्ता भुसाललाई डबली प्राङगणबाटै प्रहरीले गिरफ्तार गरेको थियो ।


अनलाइन डबली


