आज :

मधेश प्रदेश सभा बैठक बस्दै, सभामुखमाथि महाभियोग सम्बन्धी छलफल हुने

  • अनलाइन डबली

जनकपुर । मधेश प्रदेश सभा बैठक आज बस्ने भएको छ । उपसभामुख बबिता कुमारी राउत ईशरले आज १ बजेका लागि बैठक आह्वान गरेकी छन् ।

आजको बेठकमा सभामुख रामचन्द्र मण्डलले पद अनुकूल आचरण नगरेको प्रस्तावमाथि छलफल गर्ने कार्य सूची रहेको छ ।

यसका लागि सम्पूर्ण प्रदेश सांसद र प्रदेशसभामा कार्यरत कर्मचारीहरुलाई अनिवार्य रुपमा उपस्थित हुनका लागि उपसभामुख ईशरले आग्रहसमेत गरेकी छन् ।

७ दलका ६४ जना सांसदले महाभियोग दर्ता गराएपछिको यो पहिलो बैठक बस्न लागेको हो । महाभियोग दर्ता भएको ७ दिन भित्र बैठक बसी छलफल गर्नु पर्ने नियम रहेको छ ।

अन्तिम पटक बैठक बस्दा निवर्तमान मुख्यमन्त्री जितेन्द्र सोनलले विश्वासको मत लिने तालिका रहेको थियो ।

सोनलसहितको तत्कालिन मन्त्रीपरिषदका मन्त्रीहरुको बिना उपस्थित नै सभामुख मण्डलले बैठक अगाडि बढाएपछि विवाद उत्पन्न भएको थियो । सोही समय सोनलले आफू मुख्यमन्त्री पदबाट राजिनामा दिएको प्रदेश सभा बेठकमै घोषणा गरेका थिए ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal