आज :

किसानलाई धान भित्र्याउने चटारो, बर्षाले १३९ मेट्रिक टन धानबाली नष्ट

  • अनलाइन डबली

रामेछाप । रामेछापका तल्लो भेगका किसानहरू अहिले धान भित्र्याउन व्यस्त छन् ।

यस अघि कात्तिकको वर्षाले खेतमा पानी जम्दा काटिएको धान बालीमा क्षति बेहोरेका किसान अहिले केही ढिलागरी काटेको धान भित्र्याउँदै छन् ।

जिल्लामा लगाइएको धान बाली भित्र्याउनेक्रम अन्तिम चरणमा पुगेको जिल्ला कृषि विकास कार्यालय रामेछापले जनाएको छ ।

कृषि विकास कार्यालय रामेछापका प्रमुख प्रमोदप्रसाद दाहालका अनुसार बेमौसमी वर्षाका कारण यस वर्ष जिल्लामा करिब १३९ मेट्रिक टन धानबाली नष्ट भयो । यसबाट किसानलाई करिब ६० लाख रुपैयाँभन्दा बढीको आर्थिक क्षति पुगेको उनले बताए ।

सबैभन्दा बढी क्षति खाँडादेवी गाउँपालिकामा भएको छ । सो पालिकामा ६२ हेक्टर क्षेत्रमा लगाइएको धानमध्ये ११४ मेट्रिक टन बाली नष्ट भई किसानले ३५ लाख रुपैयाँ बराबरको क्षति बेहोर्नु परेको दाहालले जानकारी दिए ।

त्यसैगरी लिखु तामाकोशी गाउँपालिकामा करिब २५ हेक्टर क्षेत्रफलमा बाली नष्ट भई २७ लाख रुपैयाँ बराबरको क्षति भएको कृषि विकास कार्यालयले जनाएको छ।

रामेछापमा कुल ८ हजार ६ सय १५ हेक्टर धान खेतीयोग्य जमिन रहेको छ । यस वर्ष सो क्षेत्रफलको करिब ९५ प्रतिशत जमिनमामा रोपाइँ सम्पन्न भएको थियो । जिल्लामा धानको औसत उत्पादकत्व प्रतिहेक्टर २ दशमलव १७ मेट्रिक टन रहेको कृषि विकास कार्यालयका तथ्याङ्कले देखाउँछ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal