आज :

राष्ट्रिय जेन्जी युवा एकता मञ्चको गठन, भ्रष्टाचारका फाइल खोल्न माग

  • अनलाइन डबली

काठमाडौं । विभिन्न जेन्जी मिलेर राष्ट्रिय जेन्जी युवा एकता मञ्च गठन गरेका छन् । आइतबार राजधानीको संवाद डबलीमा भएको पत्रकार सम्मेलनमा इन्द्र बहादुर शाहको नेतृत्वमा गठन भएको सो मञ्चले भ्रष्टाचारका फाइल तत्काल खोलेर कारवाही गर्नसमेत माग गरेको छ ।

मञ्चका संयोजक इन्द्र बहादुर शाहले वर्तमान सरकारले आफूहरुको भावना विपरित भ्रष्टाचारीहरुको संरक्षण गरेको भन्दै उनिहरुलाई तत्काल कारवाहि गर्नुपर्ने माग राखे । शाहले जेन्जी विद्रोहको मुख्य माग नै कुशासन र भ्रष्टाचार निर्मुल पा र्ने भएको बताउँदै भने,“तत्काल २०४ ६पछिका सबै उच्च पदस्त नेता तथा कर्माचारीको फाईल खोलेर जेल कोच्नुपर्छ, नत्र हामी पुनः सडकमा उत्रन बाध्य हुनेछौं ।”

जीवन बुढाले जेन्जीलाई ताकिताकी गोली हान्न आदेश दिने तत्कालिन प्रधानमन्त्री केपी ओली, गृहमन्त्री रमेश लेखक र सिडियोलाई पक्रेरर तत्काल कारबाही गर्न माग गरे । जेन्जी बिरेन्द्र शाहीले हुम्लाबाट पनि प्रतिनिधित्व गर्ने घाईते जेन्जीहरुलाई सरकार र सम्बन्धित पक्षले वास्ता नगरेकोप्रति आक्रोश व्यक्त गरे ।

जेन्जी हर्कबहादुर बुढाले वर्तमान सरकारले जेन्जीको मर्म अनुसार काम नगर्ने हो भने तत्काल राजीनामा दिनुपर्ने धारणा राखे ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal