आज :

मुलुकमा सुशासन दिन सकिएन भने विद्रोहको खतरा छ : गृहमन्त्री अर्याल

  • अनलाइन डबली

काठमाडौं । गृहमन्त्री ओम प्रकाश अर्यालले हालको सरकार असामान्य स्थितिपछि गठन भएकाले विधिको शासनको वहालीसँगै स्थितिलाई सामान्यकरण गर्न लागेको बताएका छन् ।

बिहीबार बसेको संघीयता सवलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा बोल्दै उनले सरकारको उद्देश्य नै चुनावलाई स्वतन्त्र र भयरहित बनाउने भएकाले स्थितिलाई सामान्य बनाउन हरसम्भव प्रयास गरेको बताएका हुन् ।

उनले भने, ‘असामान्य स्थितिपछिको सरकार बनेकाले स्थितिलाई सामान्यकरण गर्दै विधिको शासन वहाली गर्दै सुरक्षाको प्रत्याभुति दिनुपर्ने अवस्थामा छौं । त्यो चरणवद्ध काम भएकाले सुरुको चरणमा स्थिति सामान्यीकरणमा लागेका हौं,’ उनले थप भने, ‘चुनावलाई स्वतन्त्र र भयरहित त्यसको सुनिश्चता नै सरकारको म्यान्डेट हो ।  निर्वाचन पहिलाको भन्दा अझ सुदृढ हुनुपर्छ भन्ने मान्यता हो । त्यसमा हामी सचेत छौं ।’

उनले स्थितिलाई सामान्य बनाउन नसके द्वन्द्व दोहोरिने र राष्ट्रिय सुरक्षा चुनौति बढ्ने पनि बताए ।

‘तत्काल द्वन्द्व दोहोरियो भने के होला, सामान्य जिउधनको मात्र नभएर राष्ट्रिय सुरक्षा चुनौति नै हुनसक्ने भएकाले कुनैपनि अवस्थामा द्वन्द्व दोहोरिनु हुँदैन् । सामान्य बनाउन हरसम्भव प्रयास गरेका हौं,’ उनले भने ।

उनले सुशासन दिन नसके विद्रोह हुने भन्दै सुशासन सरकारको नियमित काम भएको समेत बताए । बैठकमा शान्ति सुरक्षाको अवस्था र आगामी निर्वाचनको तयारीको सम्बन्धमा छलफल गरिएको थियो ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal